• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

रुपन्देहीमा पक्राउ गरिएको माछा नवलपरासी कै भएको पुष्टि

बेलाटारी प्रहरीलाई बदनाम गर्न खोजिएको आरोप

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० मंसिर १३ गते, १९:०७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
रुपन्देहीमा पक्राउ गरिएको माछा नवलपरासी कै भएको पुष्टि
40
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र यादव / पश्चिम नवलपरासी । रुपन्देहीको रोहिणी गाउँपालिका-३ धकधइमा नेपाल प्रहरीले पक्राउ गरेको सुकेको शिद्रा माछा नवलपरासी कै भएको पुष्टि भएको छ । मंसिर १० गते धकधइमा चेकजाँचको क्रममा लु २ च ८५४६ नम्बरको पिकअपमा २४ बोरा करिब १२ सय किलोग्राम सुकेको शिद्रा माछा प्रहरीले बरामद गरेको थियोे ।

प्रहरीले सुरुको अनुसंधानमा भारतीय माछा भएको पुष्टि गरेपनि अहिले त्यो माछा नवलपरासी पश्चिम जिल्ला सुस्ता गाउँपालिका वडा नं २ सतपत्तीको लक्ष्मी एकीकृत कृषि फर्मको रहेको उक्त फर्मका संचालक बिजय चौधरीले दावी गरेका हुन ।
चौधरीले आफ्नै फर्ममा उत्यपादन गरिएको माछालाई प्रहरीले भारतीय माछा भएको पुष्टि गरेकोमा दुख व्यक्त गरेका हुन ।

उनले अनुसंधानको क्रममा भेटेरिनरी परासीका डाक्टर निरज पासवान र भैरहावा भेटेरिनरी कार्यालयका प्रमुख भक्त न्युरेले स्वम स्थगत अनुसंधान गरि स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त माछा नेपाल कै भएको र ठीक साचो प्रमाणित पशुपंक्षी/पशुपंक्षीजन्य पदार्थ ऐन अनुसार निरीक्षण गरेको र यसमा कुनै किसिमको कुनै पनि सर्ने खालको संक्रमित रोेेेग नभएको पुष्टि र ओसारपसार तथा बिक्री वितरण गर्न योग्य रहेको जानकारी दिए ।

उक्त माछा नवलपरासी पश्चिम जिल्लाको रामनगर नाकाबाट अबैध रुपमा भित्रिएको विभिन्न समाचार माध्यममा प्रकाशित भएको थियोे । माछा किन्ने व्यापारी कपिलवस्तुका बिशु मुसलमानले पनि नवलपरासी पश्चिम जिल्लाको सुस्ता गाउँपालिका-२ सतपत्ती स्थित लक्ष्मी एकीकृत फर्मबाट किनेको बताएका हुन ।

अहिले भेटेरिनरी परासी र भैरहवाले उक्त माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा अनुसंधानको क्रममा सुस्ता-२ लक्ष्मी एकीकृत फर्ममा उत्यपादित भएको पुष्टि गरेपछि सत्यतथ्य कुरा बाहिरिएको हो्े । प्रहरीलाई बदनाम गर्नेगरि केही तत्व लागिपरेको स्थानीयहरुले बताउछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक (एसपी) काजि कुमार आचार्यले आफ्ना मातहतका सम्पुर्ण ईलाका प्रहरी , प्रहरी चौकी तथा चेक पोष्टलाई अबैध तस्करी नियन्त्रण गर्नलाई कडा निर्देशन दिदै आएका छन ।

आचार्यले निर्देशन विपरीत कार्य गर्नेलाई विभागीय कार्यवाही गर्दै आउनु भएको प्रहरीका एक अधिकारीले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख श्याम प्रकाश यादवले आफ्ना मातहतका सम्पुर्ण प्रहरी चौकी तथा चेक पोष्टलाई अबैध चोरी पैठारी तथा तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएको प्रहरी स्रोतले बताएको छ । उनी इलाका प्रहरी कार्यालय बेलाटारीका जिम्मेवारी निर्वाह गरेदेखि इलाका भित्रका स्थानिय जनतालाई शान्ति सुरक्षा तथा प्रहरी हाम्रो साथी भएको महसुस हुन गरेको स्थानीय सुस्ताका महातम बिनले बताए ।

निरीक्षक यादवले केही व्यक्तिले आफुलाई बदनाम गर्न लागि परेको बताएका हुन । इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश यादव घुमुवा नभई आफ्नो प्रहरीको डियुटी निर्वाह गरिरहेको बेलाटारी प्रहरीले जनाएको छ । उता रामनगर प्रहरी चौकीका इन्चार्ज पुरन केवटले रुपन्देहीमा बरामद गरिएको सुकेको शिद्रे माछा रामनगर नाकाबाट नगएको बताउदै आएका थिए । गेर्मी प्रहरी चौकीका सहायक हवलदार ओमप्रकाश यादवले घुमुवा नभई समान्य प्रहरीको डियुटी गर्दै आएको उक्त चौकीका प्रमुख इन्चार्ज ब्रिजेश निषादले बताए ।

उता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा कार्यरत प्रहरी सहायक हवल्दार किरन कुवर र प्रहरी जवान प्रदिप गुप्ता जिल्ला घुमुवा नभई सुचना संकलन तथा फरार प्रतिवादीलाई पक्राउ गर्नका लागि खटाइएको प्रहरी उपरीक्षक काजि कुमार आचार्यले जानकारी दिए ।

Tags: आरोप।गरिएको माछागर्न खोजिएकोनवलपरासी कैप्रहरीलाई बदनामबेलाटारीभएको पुष्टिरुपन्देहीमा पक्राउ

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist