इनरुवा । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालयको प्रांगणमा दीप प्रज्वलन गरिएको छ । रोजगार सेवा केन्द्र अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकाको आयोजनामा सोमबार साँझ पालिका प्रांगणमा दीप प्रज्वलन गरिएको हो । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका नेपाली कामदारहरुको सम्झानामा दीप प्रज्वलन गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण आप्रवासी कामदारहरुको लागी बैदेशिक रोजगार सुरक्षित मर्यादित र उपलब्धिमुलक बनोस् भन्ने कामना सहित दिप प्रज्वलन गरिएको बताए ।
उनले भने आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई सङ्घर्ष गर्दै आएको बताए । विशेष गरी नेपालीहरूको रोजगारीको लागी गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका सम्म पुग्ने गरेको बताए । नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन पुरै देशकै आयस्रोतमा बढोत्तरी भएको बताए ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी रोजगार संयोजक शोभा मेहताले विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि एकतावद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुपर्ने बताइन् तथा भोक्राहा नरसिंहको श्रमिक वडा नं.३;७ र ५ का ३ जना श्रमिकको मृत्यु भएको उहाँहरुको आत्माको शांतिको कामना गर्नुभएको थियो।उनले भने संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको बताइन् ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा नम्बर ४ का वडाध्यक्ष हारुण अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्धिन अंसारी, जिन्सी शाखा प्रमुख हिरा साह, स्वास्थ्य शाखामा कार्यरत्त कर्मचारी सुनिता साह,भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारी, प्राविधिक सहायक दिपक साह, वित्तिय सहजकर्ता, रामकुमार यादव, मनोसामाजिक परामर्शकर्ता आमेन्द्र यादव, रोजगार सहायक पारास दाहाल, आप्रवासी कामदार हकहीत संरक्षण केन्द्रका महासचिव दिपेन्द्र यादव, कोषाध्यक्ष चुनचुन झा, रिटर्नी स्वयंमसेवक त्रिभुवन राम लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
Discussion about this post