• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

धरानमा विमानस्थल बन्न सक्ने तर सञ्चालन हुन नसक्ने

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० पुस ४ गते, २१:१७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
धरानमा विमानस्थल बन्न सक्ने तर सञ्चालन हुन नसक्ने
20
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । धरानमा नयाँ आन्तरिक विमानस्थल बनाउन गठन भएको अध्ययन समितिले विमानस्थल बन्न सक्ने तर सञ्चालन हुन नसक्ने निष्कर्ष निकालेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २३ कात्तिकमा गठन गरेको एक समितिले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवदेनअनुसार सानो क्षमताका जहाजको उडान र अवतरण गर्न सक्ने एकतर्फी धावनमार्गको विमानस्थल निर्माण गर्न सकिने तर त्यसलाई सञ्चालन भने गर्न नसकिने निष्कर्ष निकालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरानमा नयाँ विमानस्थल बनाउन अध्ययन समिति गठन गर्न लगाएका थिए । मन्त्री किराँतीले निर्देशनपछि हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले तीन जना कर्मचारी राखेर धरानमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको थियो ।
प्रतिवदेनमा साना जहाजको उडान तथा अवतरण गर्न सक्ने क्षमताको विमानस्थल बन्न सक्ने निचोड निकालेको भए पनि सञ्चालन हुन सक्ने आधार नभएको उल्लेख छ । साना जहाजका लागि एकातर्फ उडान गर्न सकिने धावनमार्ग बन्ने भए पनि विमानस्थल सञ्चालन कुनै पनि दृष्टिकोणबाट उपयुक्त नदेखिएको उक्त समितिको निष्कर्ष निकालेको छ ।
आर्थिक हिसाबले धरानमा विमानस्थल निर्माण गर्नु उपयुक्त नभएको, हवाई नीतिविपरीत विमानस्थल बनाउन नसकिने र राज्यको अर्बौं लगानी गरेर प्रतिफलको अपेक्षा नै गर्न नसकिने निष्कर्षसहितको प्रतिवदेन तयार अध्ययन समितिले तयार पारेको छ ।
समितिले तयार पारेको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाउने तयारी छ । प्रतिवेदन्रतिवेदन तयार भइसकेकाले एक-दुई दिनभित्रै बुझाउने जानकारी आएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
धरानमा विमानस्थल कानुनविपरीत
विराटनगर विमानस्थलबाट धरान ४० किलोमिटरभित्रै पर्छ । विराटगनरबाट धरान आवतजावतका लागि राम्रो हाइवे बनेको छ । विराटनगरबाट धरान जान सार्वजनिक सवारीमै आधा घण्टा भए पुग्छ ।
सरकारले विराटनगरमै लगानी धेरै गरिसकेको र अझै थप्दै गएकाले पनि धरानमा नयाँ विमानस्थल उपयुक्त नभएको उड्डयन प्राधिकरणकै उच्च अधिकारी बताउँछन् ।  यो विमानस्थल बनाउन कानुनी रुपमा पनि मिल्दैन ।
हवाई नीति २०६३ ले निकटस्थ विमानस्थबाट नयाँ विमानस्थल बनाउँदा तराईमा ४० नटिकल माइल (७४ किमी) हुनुपर्ने प्रावधान तोकेको छ । हिमाली र पहाडी क्षेत्रमा भने २० नटिकल माइल (३७ किमी)को दूरीमा अर्को विमानस्थल बनाउन सकिने उल्लेख छ । हवाई नीतिविपरीत धरानमा विमानस्थल बनाउन नसकिने तथ्य पनि अध्ययन समितिले उल्लेख गरेको छ ।
प्राधिकरणका अनुसार विराटनगर विमानस्थलमा ३ अर्ब रुपैयाँ लगानी गरेर भव्य टर्मिनल भवन बन्दै छ । उक्त भवन बनेपछि विमानस्थल आन्तरिक नै भए पनि तुलानात्मक रुपमा भैरहवा वा पोखरासरह हुने भएकाले नजिकैको धरानमा विमानस्थल बनाएर चलाउन नसकिने निष्कर्ष अध्ययन समितिको छ ।
समितिका अनुसार अब बन्ने विमानस्थल कम्तीमा एटीआर ७२ क्षमताको जहाज चल्ने प्रकृतिको हुनुपर्छ । सो क्षमताको विमानस्थल धरानमा सञ्चालन हुन नसक्ने भएकाले राज्यले क्षमता कम भएको र आवश्यकताअनुसार क्षमता बढाउन नसकिने तथा नेपालमा उक्त विमानस्थलको उडानयोग्य जहाज नभएकाले पनि राज्यको लगानी आवश्यक नभएको उल्लेख छ ।
सरकारले जनताबाट उठाएको करको पैसा खर्च गर्दा दीर्घकालीन समयको लागि हुनुपर्ने, राज्यले खर्च गरिसेकेपछि प्रतिफल आउने खालको हुनुपर्ने भन्दै धरानमा आर्थिक रुपले कुनै पनि हालतमा विमानस्थल सञ्चालन हुन नसक्ने निष्कर्षसहितको प्रतिवेदन बनेको छ ।
कात्तिक २१ मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विमानस्थल निर्माणको लागि दशकौंदेखि जग्गा ओगटेर राखेकाले तत्काल निर्माण प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै पर्यटनमन्त्री किराँतीलाई पत्र लेखेका थिए । सोही पत्रको आधारमा मन्त्री किराँतीले विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लगाएका थिए ।
धरानको डाँडाघोप्पामा निजी क्षेत्रको यती इन्कर्पोरेटले विमानस्थल निर्माणका लागि भन्दै स्थानीयसँग जग्गा खरिद गरेर राखेको छ ।  यतीले करिब ७ बिघा जग्गा खरिद गरेर राखेको छ । विमानस्थल निर्माण नहुने हो भने जग्गा फिर्ता दिलाइपाऊँ भनेर धरान उपमहानरलाई स्थानीयले दबाब दिन थालेपछि स्थानीय तहले चासो देखाएर संघलाई गुहारेको थियो ।
उक्त जग्गामा यसअघि नै विमानस्थल निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययनबाट भौगोलिक रूपले अनुपयुक्त हुने निष्कर्ष निस्किसकेको थियो । आठ सय मिटरको मात्रै धावनमार्ग भएको साना जहाजको उडान तथा अवतरण गर्ने (एसटीओएल) विमानस्थल बन्ने निष्कर्ष प्राधिकरणले दिएको थियो ।
छोटो धावनमार्गको विमानस्थल सञ्चालन गरेर राज्यले लाभ लिन नसक्ने, नेपालमा साना विमान नभएको र निजी वायु सेवाले ठूला विमानबाट एकैपटक धेरै यात्रुलाई सेवा दिन थालेकाले पनि यो विमानस्थल उपयुक्त नभएको प्राधिकरणको भनाइ  छ । प्राधिकरणले विमानस्थल अनुपयुक्त भन्दाभन्दै पनि मन्त्री किराँतीले भने अध्ययन समिति गठन गराएका थिए ।

Tags: तरधरानमानसक्ने निष्कर्षबन्न सक्नेविमानस्थलसञ्चालन हुन

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist