इनरुवा । सुनसरी सदरमुकाम इनरूवा नगरपालिका वडा न २ को बिहीबार हाट स्थितमा अपन स्वर्ग नेपाल कला संस्कृति संस्थाको आयोजना तथा इनरुवा नगरपालिकाको सहयोगमा नयाँ वर्ष २०७८ को शुभ अवसरमा बहुभाषिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश १ को प्रमुख प्रतिपक्षि दलका नेता तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजिव कोइरालाले नेपाल बुहजातिय बहुभाषिक राष्ट्र भएको संविधानले नै स्वीकार गरेको तथा संघीय मुलुकमा प्रत्येक जातजातिको फरकफरक विशेषता रहेको, आदिवासी जनजातिहरुको लोकसंस्कृति जगेर्ना गर्न यस प्रकारको कार्यक्रमले टेवा पुर्याउनेमा जोड दिदै आ–आफ्नो भेषभुषा भाषा, मौलिक संस्कृतिलाइ जोगाउन सबैलाइ लाग्नु पर्ने बताए ।
विशिष्ट अतिथि सांसद ज्योति सुब्बाले इनरुवा नगरपालिका भित्र बसोबास गर्ने मेहता,उराँव, चोधरी, मगर, नेवार, माझी, बोटे लगायतका आदिवासी जनजाति समुदायको भाषा, संस्कृति संरक्षणका लागि इनरुवा नगरपालिका सदैव लागि परेकाले नगरपालिकाका जनप्रतिनिधिहरुलाइ धन्यवाद दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि राजीव कोइराला र प्रदेश १ का सांसद ज्योति सुब्बाको संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेको थियो भने, मधेसका चर्चित गायक प्रकाश अनुरागले स्वागत गीत गाएर कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा उराँव समुदायले लाखे नाच, बिराट जागृत कला केन्द्र बिराटनगरका कलाकारहरु नेत्रकला,काठमाडौंका चर्चित लोक दोहोरी गायक रुद्रसेन विश्वकर्मा, हास्य कलाकार पवन रोनियार, डान्सर पुजा दाहाल, गायिका जुलिले आ(आफ्नोकलाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमका संयोजक जगदीश मेहताले संचालन गर्नु भएको थियो भने झोटन मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post