चन्दन यादव/ राजविराज । मधेस प्रदेश स्थित सप्तरीको खडक नगरपालिका वडा नम्बर २ लाई बालविवाह मुक्त वडा घोषणा गरीएको छ ।
आईतवार खडक नगरपालिका नगर प्रमुख जय प्रकाश चौधरीले ब्यानर पढेर वडा २ लाई वालविवाह मुक्त वडा घाेषणा गरिएकाे हाे ।
कुल ८ सय ९९ घरधुरी रहेको उक्त वडामा गत वर्ष ४० वटा बिवाह मात्र भएकाे थियाे ।
जसमा ११ जनाको १८ वर्ष पुरा गरेर, ३ जना १८ बर्षा मुनि एवं बाकीको २० वर्ष पूरा गरेर विवाह गरेको प्रतिवेदन पेस गरेको थियो।
वालबिवाह मुक्त वडा घाेषणा गर्ने सुचक पुरा गरेपछि वडा मुक्त घाेषणा गरिएकाे नगर प्रमुख जयप्रकाश चाैधरीले बताए।नगर प्रमुख चौधरीले बालविवाह मुक्त घोषणा भएसंगै समुदायकाे सराेकारवाला निकाय तथा अभिभावकले निरन्तरताको लागी सबैले आ–आफनो तर्फबाट यो अभियान सफल बनाउनुपर्नेमा जाेड दिए ।
उक्त समारोहमा वालकल्वका पदाधिकारीहरुद्वारा बालविवाह विरुद्ध जनचेतनामुलक नाटक तथा विभिन्न मनोरंजनात्मक झिझिया नृत्यहरु प्रस्तुत गरेका थिए भने घोषणा समारोह शुरु हुनु अगाडि विभिन्न विधालयले रयाली निकालेका थिए ।
वडावासीले वाल विबाह नगर्ने प्रतिवद्धता गरेको सुनिश्चितता पश्चात घोषणा गरीएको सबल नेपालका अध्यक्ष जुना गिरीले बताईन ।
वडा २ घाेषणा भए सँगै ११ वडा मध्ये १० वटा वडा बालविबाह मुक्त वडा घोषणा भईसकेको छ ।
सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक सहयोगमा संचालित सम्मुनति परीयोजना मार्फ़त नगरपालिकामा बालविवाह मुक्त अभियान संचालन भईरहेको छ ।
उक्त अवसरमा खडक नगरपालिका प्रशासन प्रमुख रामाकान्त चौधरी, सेभ द चिल्ड्रेनका असबिर सारु, महिला बालबालिका शाखा प्रमुख अनिता कुमारी साह ,सवल नेपालका कर्मचारीहरु, वडा सदस्य,विभिन्न विधालयका प्राधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु, राजनैतिककर्मी, स्थानीय संघसंस्था,नगर बाल क्लब , वालक्लवका पदाधिकारीहरु, स्वयंसेविका लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post