• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नेपाल प्रहरीमा उपरीक्षक (एसपी) पद रिक्त

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० पुस ९ गते, २१:०२ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
नेपाल प्रहरीमा उपरीक्षक (एसपी) पद रिक्त
16
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीमा एक महिना भन्दा बढी भयो प्रहरी उपरीक्षक (एसपी) पद रिक्त भएको । रिक्त एसपीको संख्या ७ पुगिसक्दा पनि हालसम्म बढुवा हुन सकेको छैन ।
गत २४ कात्तिकदेखि नै प्रहरीमा एसपीको पद रिक्त हुन थालेको हो । तत्काल पाँच जनालाई मात्रै बढुवा नगर्ने भन्दै रोकिएको थियो । तर अहिले सातवटा पद रिक्त भइसक्दा पनि बढुवामा ढिलाइ भइरहेको छ ।
सरकारले चाहे तत्कालै बढुवा गर्न सक्छ । प्रहरी प्रधान कार्यालय बढुवामा ढिलाई गर्न नहुने पक्षमा छ । तर, शक्तिकेन्द्र हाबी हुँदा कसलाई बढुवा गर्ने कसलाई नगर्ने भन्ने विषयमा कुरा नमिल्दा बढुवामा ढिलाई भएको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको चाहनासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सत्तपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत नहुँदा बढुवामा ढिलाइ भएको हो ।
पछिल्लो समय एसपी बढुवामा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल र देउवापत्नी आरजु राणा देउवाको हस्तक्षेप बढेको बताइन्छ । केहीसमय हल्ला नगरी चर्चामा नआए पनि अहिले उनीहरु खुलेआम प्रहरी संगठनभित्र छिरेको चर्चा छ ।
त्यसैले गंगा र आरजुको इच्छाअनुसार आईजीपी कुँवर बढुवा गर्न सहमत छैनन् । आईजीपी कुँवर संगठनको नीतिअनुसार बढुवा गर्नुपर्ने पक्षमा छन् तर उनीहरु व्यक्ति हेरेर आफ्नो मान्छेलाई अगाडि ल्याउन लागिपरेका छन् ।
प्रहरी संगठन बरियता, सिनियारिटी र कार्य सम्पादान मूल्यांकन अनुसार चल्नुपर्ने हुन्छ । सोहीअनुसार आईजीपी कुँवरले एसपी बढुवा निकाल्नुपर्ने हुन्छ । तर, शक्तिकेन्द्र हावी हुँदा आईजीपी कुँवरलाई बढुवा निकाल्नै समस्या भएको छ । जसको असर अन्य प्रहरीलाई समेत परेको छ ।
आईजीपी कुँवर अहिले सात जनाको बढुवा गर्नु परेमा ‘मेरिट’लाई आधार मान्ने पक्षमा छन् । तर, केही प्रहरी अधिकृत विगतमा विवादमा आएका कारण तलमाथि हुनसक्ने समेत बताइन्छ । शक्तिकेन्द्र भने पछाडि रहेका आफ्नो मान्छेलाई अगाडि ल्याउन लागिपरेका छन् ।
पहुँचवाला डिएसपीहरु योग्यताक्रमको अन्तिम सूचीमा रहेकोले पनि एसपी बढुवा प्रक्रिया पेचिलो बन्दै गएको प्रहरी स्रोत बताउँछ । बरीयताक्रमअनुसार प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो र ढकेन्द्र खतिवडा तेस्रो नम्बरमा छन् ।
त्यस्तै डिएसपीहरु यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, कुलदीप चन्द, राजन लिम्बू, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे बढुवाका आकांक्षी हुन् ।
यीमध्ये केही पहुँचवाला र शक्तिकेन्द्र निकट भनेर संगठन भित्र परिचित रहेका छन् । १२औँ नम्बरमा रहेका घिमिरे यसअघि प्रधानमन्त्री प्रचण्डको पीएसओ भएर काम गरेका प्रहरी अधिकृत हुन् । यसअघि नै बढुवा हुनुपर्ने घिमिरेलाई त्यतिबेला बढुवामा छुटाइएको बताइन्छ ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ भएर काम गरिसकेका सन्तोष तामाङ र राजन लिम्बू पनि बढुवाका प्रबल दाबेदार मानिन्छन् । उनीहरू वरिष्ठताको सातौ नम्बर भन्दा पछाडि रहेका छन् ।
एसपी बढुवा सूचीको सम्भावित एक नम्बरमा कसलाई बढुवा गर्ने भन्ने विवादले नै बढुवा लम्बिएको बताइन्छ । आईजीपी कुँवर संगठनमा अब्बल र क्षमतावान प्रहरी अधिकृतलाई पहिलो नम्बरमा बढुवा गर्न खोजेका छन् तर हेरौं के हुन्छ ?
डिएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमा आईजीपी अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ । त्यस्तै गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीपीले तोकेको एआईजी वा डिआईजीमध्ये एकजना सदस्य सचिव रहने कानूनी व्यवस्था रहेको छ ।

Tags: (एसपी)एक महिनानेपाल प्रहरीमापद रिक्तप्रहरी उपरीक्षकबढी भयोभन्दा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist