मान बहादुर ठकुल्ला/टीकापुर । श्री लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नारायणपुरको १५ औं वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर नगरपालिका भित्र करिब ७७ वटा सहकारी रहेको बताउँदै केही सहकारी मात्र चालु रहेको बताए । उनले टीकापुर नगरपालिकाको वडा नं. ६, ७ को अरु संस्था भन्दा धनी संस्था रहेको बताएका छन् । वार्षिक खर्च कटाएर करिब ६२ लाख मुनाफा आर्जन गर्नु सानो मुनाफा रहेको बताउँदै यसको सबै सिर्य शेयर सदस्यहरुमा जाने समेत बताएका छन् ।
“सहकारीको मेरुदण्ड शेयर सदस्य हुन, उहाँहरुलाई माथि उकास्नु सहकारीको जिम्मेवारी हो ।” उनी भन्छन्, “यदि कुनै पनि सहकारी संस्थाहरूमा शेयर सदस्य छैनन् भने त्यो संस्था कहिल्यै माथि उठ्न सक्दैन ।” उनले सहकारी संस्थाको सबै भन्दा महत्वपूर्ण गहना भनेको इमानदारीता रहेको बताउँदै सहकारी आफैमा घर हो, सहकारी इमानदारीता हो यसलाई सधैव उच्च राख्नु पर्ने समेत बताए । “टीकापुरको विकासका लागि सकारात्मक सोचको कमि मात्रै हो, बाकी टीकापुर नगरपालिका धेरै कुरामा सबल छ ।” उनले भने । साथै सहकारी संस्था असफल भएको खण्डमा त्यसको प्रत्यक्ष असर सहकारीका शेयर धनीहरुमा पर्ने समेत बताएका छन् ।
कार्यक्रममा शेयर सदस्य चतुर प्रसाद खनाल, पत्रकार भिम वि.क., राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक किरण धिताल, भानुभक्त आधारभुत विद्यालयकी प्रधानाध्यापक माया साउँद, रानीकर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनसिँह साउँद, सुनसनीया ग्रामीण विद्युुत सहकारी संस्थाका अध्यक्ष पहलमान चाैधरी, निरन्जन ग्रामीण विद्युुत सहकारी संस्थाका अध्यक्ष नन्दसिंह बोहरा, राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाका अध्यक्ष देव बहादुर बुढाथोकी, नारायणपुर खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी खनाल, सहकारी संस्थाका निर्वाचन समिती संयोजक विरेन्द्र शाह, सामुदायिक सहकारी संस्था लिमिटेडका अध्यक्ष पहल बहादुर बस्नेत, पुर्व नारायणपुर गाविसका अध्यक्ष जंग बहादुर साउँद, टीकापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला, टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाैधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारी संस्थाको अधिकृत शेयर पुँजी ५ करोड रहेको जसमध्ये २०८० साल अषाढ मसान्तसम्म चुक्ता शेयर पुँजी ९८ लाख तीन सय ५० रुपैयाँ रहेको छ । संस्थाको गत वर्षको निक्षेप ६ करोड २० लाख ३२ हजार ६ सय ४ रुपैयाँ रहेकोमा गत वर्षको तुलनामा ८.५१ प्रतिशतले वृद्धि भई २०८० अषाढ मसान्तसम्म संस्थाको कुल निक्षेप ६ करोड ७९ लाख ३१ हजार तीन सय ४८ रुपैयाँ रहेको छ । साथै संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ६२ लाख ४४ हजार ५ रुपैयाँ ०३ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
कार्यक्रममा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान दिएको बन्दै भानुभक्त आधारभुत विद्यालयकी प्रधानाध्यापक माया साउँद, उत्कृष्ट ऋणी विश्वराज चाैधरी, उत्कृष्ट बचत कर्ता रामनारायण चाैधरी, बन्धना चाैधरी, राम प्रसाद चाैधरी, रोहित महत्तो, दुर्गा बुढा, अजुवा चाैधरी र व्यक्तिगत निक्षेपकर्ता प्रेमराज आचार्यलाई सहकारी संस्थाले सम्मान गरेको थियो ।
सहकारी संस्थाका अध्यक्ष कपुर सिंह कडायतको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष युवराज नायकले गरेका थिए भने सञ्चालन सचिव ओपेन्द्र बहादुर खड्काले गरेका थिए ।
Discussion about this post