इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा पाँचौ बर्जु महोत्सवको तयारी पुरा भएको छ ।
बर्जु गाउँपालिका वडा नं. ६ चिमडीमा रहेको चिमडी दह अर्थात बर्जु तालमा शुक्रवारदेखि ११ दिने बर्जु महोत्सवको तयारी पुरा गरिएको आयाेजकले जानकारी दिए ।
आन्तरिक पर्यटक भित्राउने उदेश्यले पुष २७ गते देखि २०८० माघ ११ गते सम्म संचालन हुने १४ दिने बर्जु महोत्सव गर्न लागिएको आयोजकले जनाएकोे छ । जिल्लाको सदरमुकाम इनरुवादेखी १८ किलोमिटर दक्षिण पूर्व र मोरगंको बिराटनगर बरगाछीचौक देखि करिब ९ कि.मी.पश्चिममा पर्ने बर्जु ताललाई आन्तरीक तथा बाह्य पर्यटकहरू माझ चिनाउनका लागि बर्जु महोत्सव आयोजना गरिएको वर्जु महोत्सव आयोजक कमिटिका अध्यक्ष श्रवण कुमार चौधरीले जानकारी दिए ।
सविकको चिमडी गाउँ विकासमा रहेको १ सय ५२ बिघामा फैलिएको यो ताल क्षेत्र हालको वर्जु गाउँपालिका ६ मा पर्छ । यहाँ सयौ प्रजातिका पंक्षी तथा जलपक्षी, आकर्षक ताल, ढुङगा सयर, विश्राम स्थल, पलाउदै गरेको हरियो वन सहित मनोरम दृश्य, विभिन्न कलाकारको प्रस्तुती सहितको मनोरञ्जानत्मक कार्यक्रम र कुस्ती प्रतियोगिता समेत व्यवस्थापन अन्तिम चरणमा पुगेको बताए ।
पर्यटकीय सम्भावनाले भरिपुर्ण भएपनि प्रचार– प्रसारको अभावले ओझेलमा परेकाले यस क्षेत्रलाई चिनाउनका लागि पनि बर्जु तालमा महोत्सवको आयोजना गर्दै आएको आयाेजककाे दाबी छ ।
आयाेजकले दिएको जानकारी अनुसार महोत्सवको आकर्षणकालागि कुस्ती प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि नेपाल र भारतका खेलाडीहरूको प्रतिष्पर्धा गराउने आयाेजकले जानकारी दिए ।
त्यस्तै बर्जु महोत्सवमा राष्ट्रिय कलाकार सिताराम कटेल ( धुर्मुस,सुन्तली ) गायीका ज्योती मगर, नृत्य कालाकार तर्फ टिकटकर प्रती पासवान , निरूता शाह भारतीय लेडी कालाकार माही र मनिषा लगायतको प्रस्तुती हुने जनाएको छ ।
Discussion about this post