दिपेन्द्र यादव/सुनसरी । भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन सुनसरी जिल्लाको १२ वटा स्थानीय तह मध्ये एक मात्र स्थानीय तह भाेक्राहा नरसिंह गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
भारतको अयोध्यामा हुने प्राण प्रतिष्ठानको दिन पारेर गाउँपालिकाले भाेली सोमबार ‘स्थानीय विदा’ दिएको हो ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आइतबार सार्वजनिक सुचना प्रकाशित गरेर “भाेली साेमबार” एक दिन सार्वजनिक विदा दिने जानकारी दिएका हुन् ।
“प्रभु श्री राम जी”को विवाह नेपालकी छोरी सीतासँग भएको र श्री राम मन्दिरको प्राण प्रतिष्ठा जस्तो महत्वपूर्ण कार्य हुने भएकोले सो दिन सार्वजनिक विदा दिने निर्णय भएको अध्यक्ष अजमल अख्तर आजादले बताए ।
पालिका अध्यक्ष अजमल अख्तर आजादले प्रदेश प्वाइन्ट मिडियासँगकाे कुरा गर्दै भने ‘हाम्रो गाउँपालिकामा सनातन धर्मावलम्बीको संख्या बढी रहेकोले भब्यताका साथ भजनकृतन, अष्टयाम, रामधुन, रामायणपाठ, हनुमान आरधाना लगायतका कार्यक्रम सँगै घरघरमा दीपावली मनाउनका लागि एक दिन स्थानीय बिदा दिएको बताए । उनले भने हामी भाेक्राहा नरसिंह गाउँवासी “श्री राम”मन्दिरको प्राण प्रतिष्ठा हुने दिनलाई पनि हामीले महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने बताए ।
त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले भाेली सोमबारको दिन छिमेकी राष्ट्र भारतको अयोध्यामा ऐतिहासिक रुपमा हिन्दु धर्मावलम्बीहरुका भगवान मर्यादा पुरुषोत्तम श्रीरामको प्राण प्रतिष्ठा हुने भएकोले उक्त दिन घरघरमा दिपावली मनाउन अह्वान गरेकोे छ ।उनले सूचना प्रकाशित गर्दै भाेक्राहा नरसिंह गाउँपालिका क्षेत्र भित्र रहेका सबै मठ-मन्दिरमा सरसफाई गरी दिपावली सहित पुजा गर्नकाे लागि अह्वान गर्दै सम्बन्धित धार्मिक क्षेत्रमा माछा मासु तथा मदिराको बिक्रि वितरण नगरिदिनु हुन सम्पूर्ण व्यवसायीहरुमा अनुरोध गर्दै सबैमा शुभकामना समेत व्यक्त गरेका छन् ।त्यस्तै इनरूवा नगरपालिका, काेशी गाउँपालिका, देवानगञ्ज गाउँपालिकाले सूचना प्रकाशन गर्दै (अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन) गाउँपालिकाभरी कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको विक्री वितरण कार्य नगर्न नगराउन भनिएका छन् ।
Discussion about this post