वराहक्षेत्र ।सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६७ औं बार्षिकोत्सव समारोह एव् अभिभावक दिवस मनाएको छ । बुधवार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपनिरिक्षक बिपिन रेग्मी , नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ८ का अध्यक्ष रोशन खड्का विशिष्ट अतिथि रहेका थिए । त्यस्तै राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि , बिद्याकयका संस्थापकहरु , पुर्ब प्रध्यानाध्यापकहरु, पुर्ब शिक्षकहरु , पुर्ब व्यवस्थापन समितिका अध्यक्षहरु , समाजसेवि , चन्दादाता , अक्षयकोष दाताहरुको गरिमाय आयिथ्यता रहेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिग्राम दाहालको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याक चण्डिराज पोखरेलले विद्यालयको आर्थिक बर्ष २०७९/०८० को आय/ व्यय तथा भावि योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । २०१३ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिकाकै जेठो सामुदायिक विद्यालय मध्यको एक हो ।
Discussion about this post