इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह वडा नम्बर ७ स्थित नरसिंह महादेव बाबा मन्दिर प्रागणमा पहिलोपटक महाशिवरात्रि पर्वको पावनअवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इनरुवा सुनसरीले महाशिवरात्री पर्व मनाइएको छ ।“८८ औं त्रिमुर्ती शिवजयन्ती” तथा महाशिवरात्री पर्वका उपलक्ष्यमा आध्यात्मिक प्रवचनका साथै साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छ ।
कार्यक्रममा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे प्रमुख आतिथ्यता तथा ब्रहमाकुमारी राजयाेग सेवा केन्द्र इनरूवा सुनसरीका प्रमुख संचालिका ब्रह्माकुमारी नम्रता दिदीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।उक्त कार्यक्रमका बिशिस्ट अतिथिहरूमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य , जिल्ला प्रहरी सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल सुनसरीका सेमान्नद बज्राचार्य लगायतको उपस्थिति रहेको थियोे ।त्यस्तै आध्यात्मिक प्रवचनका साथै साँस्कृतिक कार्यक्रममा अतिथिहरूका भाेक्राहा नरसिंह गाउँपालिकाका कार्यपालिका सदस्य धर्मनाथ भगत, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरा साह, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादव, समाजसेवी सत्रुधन यादव, गुरूदेव यादव, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला सदस्य दिपेन्द्र यादव, शिवनारायण मेहता, सुनिल कुमार साह लगायतको उपस्थितिमा सम्पन्न भएको थियोे ।त्यसैगरी कार्यक्रममा नरसिंह महादेव बाबा भाेक्राहा नरसिंह वडा नम्बर ७, (नरसिंह) सुनसरीका प्रतिनिधि मुलचन यादव, मनाेज यादव, मुकेश यादव लगायतका युवाहरूले उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न गराउन महत्त्वपूर्ण भुमिका खेलिएकाे ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इनरुवा सुनसरीले जनाएको छ ।
Discussion about this post