अजितकुमार झा/इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ बलहामा रहेका १ सय जना जेष्ठ नागरिकलाई बिहिबार जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।
इनरुवा नगरपालिकाले पहिलो पटक इनरुवा ५ मा रहेका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेलले जानकारी दिनुभयो ।
इनरुवा ५ मा ६ सय जेष्ठ नागरिक रहेकोमा १ सयलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको उहाँले बताउनुभयो । जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिदै वडा क्षेत्र भित्र रहेका सबै जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
नगरपालिकाले ६० बर्ष पुरा भएकालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गर्दै आएको छ । जेष्ठ नागरिक परिचयपत्र पाएका नागरिकले औषधी उपचारमा छुट, यातायातमा छुठ लगायतका अन्य सेवा सुविधा पाउने वडा अध्यक्ष पोखरेलले बताउनुभयो ।
जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता लगायतको सहभागीता रहेको थियाे ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post