जयकृष्ण यादव/ इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । विहीबार सुनसरीको इटहरीमा भव्यताका साथ लागु औषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जनाकारी दिनुभयो । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षा निकायका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी लागु औषध नियन्त्रण व्युरो काठमाण्डौका प्रमुख प्ररही बरिष्ठ उपरीक्षक गोविन्द थपलियाले प्रहरीले गर्दै आएको लागु औषध नियन्त्रण सम्बन्धी कार्यको विवरण र देश तथा विदेशमा रहेको लागु औषधको अवस्था र असरका बारेमा जानकारी गराउनुभएको थियो । थपलियाले अभिमुखिकरण कार्यक्रममा दिनुभएको जानकारी अनुसार विश्वमा झण्डै ३० करोड नागरिक लागु औषधको सेवनमा फसेको र तीन करोड बढी विरामी भएर उपचार गराउदै आएको तथा नेपालमा एक लाख ३० हजार बढी लागु औषधको कुलनमा फसेको छ । कार्यक्रमका सहभागी सरोकारबालाहरुलाई व्यक्ति, परिवार, समुदाय , गाउँ नगर हुदै देशलाई असर पार्ने लागु औषध विरुद्धको अभियानमा सबै जुटेर अगाडि बढ्नसुपर्ने बेला आएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल,धरान उपमहानगरपालिकाका उपमेयर अवइन्द्रविक्रम बेघा, दुहवीका नगर प्रमुख वेदनारायण गच्छदार र उपप्रमुख मेनुका खतिवडा पोख्रेल,इनरुवा नगरपालिका उपप्रमुख विनिता मेहता, बराहक्षेत्र नगरपालिका उपप्रमुख नन्द सुनुवार राई, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा यादव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवि यादव, बर्जु गाउँपालिकाका उपाध्यक्ष नितुकुमारी चौधरी, गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साह, हरिनगरका अध्यक्ष गफार अंसारी र उपाध्यक्ष रिमझिम कुमारी भगत, रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा सहितको उपस्थिती रहेको थियो ।
यसअघि बुधबार भएको फ्यान क्लव जिल्ला समितिको बैठकमा भएको निणर्य अनुसार भव्यताका साथ कार्यक्रम सम्पन्न भएको समितिका रोमा रिजालले जानकारी दिनुभयो ।
Discussion about this post