इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाे छिमेकी पालिका बराहक्षेत्रमा भाेली उद्घाटन हुने महाकुम्भ मेलाकाे अवसरमा सार्वजनिक बिदा दिइएको छ ।
पालिका अध्यक्ष अजमल अख्तर आजादद्वारा हस्ताक्षरित सूचना प्रकाशित गरि एक दिन स्थानीय बिदा दिइएको हाे ।
उक्त सूचनामा उल्लेख गरेअनुसार यस गाउँपालिकाको छिमेकी पालिका बराहक्षेत्र नगरपालिकामा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल प्राचिन हरिद्धार चतराधाममा यही मिति २०८०।१२।२७ गतेदेखि २०८१।०१।२८ गतेसम्म संचालन हुने प्रसिद्ध बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुमा हार्दिक शुभकामना सहित उक्त मेला तथा धार्मिक उत्सवमा सहभागि हुनको लागि एक दिन स्थानीय बिदा दिइएको हाे ।
यता भाेक्राहा नरसिंह गाउँपालिकाकाे प्रवेशद्वारको रुपमा रहेको समुद्घाटन समारोहको शोभा अभिवृद्धि गर्न भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सरोकारवालाहरुमा सुचना प्रकाशित गरि सार्वजनिक बिदा दिइएको हाे । त्यस्तै पालिका अध्यक्ष अजमल आजादकाे निर्देशनमा मुख्य प्रवेशद्वारमा महाकुम्भ मेला समुद्घाटन समारोहको शोभा अभिवृद्धि गर्नका लागि प्रवेशद्वार गेट समेत निर्माण थालिएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post