इनरुवा । सुनसरीको इनरुवामा बाटोमा पैसा लुटपाट गरी फरार रहेकाहरूलाई प्रहरीले पाँचदिनपछि पक्राउ गरेको छ । चैत २१ गते सुनसरीको ईनरूवा वडा नं.९ चाईना स्कुल नजिक नहरको एकान्त बाटोमा हरिनगरा गाउँपालिका २ की ६१ वर्षिया सहिरा मियाँ र ३० वर्षिय आशिफ अंसारीले जग्गा बिक्री गरेको रकम लुटपाट गरी फरार रहेकाहरूलाई पक्राउ गरेको हो । मियाँको पाँच लाख ३५ हजार रुपैयाँ झोलामा राखी मोटरसाईकलमा घर जांदै गर्दा गोली पड्काएर पछाडिबाट आएको व्यक्तिहरूले पैसाको झोला लिई भागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का मो.इब्रान मन्सुरी मियाँ, सोही गाउँपालिका ४ का ३६ वर्षिय उमेश मुखियालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई वारदातमा प्रयोग गरेका को. प्र. १–०२–०४५ प. १६६८ नंम्बरको मोटरसाईकल सहित उमेश मुखियालाई भोक्राहा नरसिंह ४ बाट र ईब्रान मन्सुरी मियाँलाई हनुमानगर कंकालिनी ३ मा लुकिछुपी बसेको अबस्थामा नियन्त्रणमा लिई लुटिएको मध्ये केही रकम समेत बरामद गरिएको छ । उनीहरुको साथबाट प्रतिव्यक्ति ५१ हजार रुपैयाँका दरले जम्मा एक लाख दुई हजार रुपैयाँ कानून बमोजिम बरामद गरी दुबै प्रतिवादीलाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको भण्डारीले बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post