इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा मंगलबार भएको आगलागी पीडितलाई राहत उपलब्ध गराएको छ ।
विद्युत सर्ट भई भएको आगलागीबाट भाेक्राहा नरसिंह वडा नम्बर ७ का स्थानीय लालदेव यादवकाे एक घर जलेर नष्ट भएको थियोे ।
पिडित परिवारको घरमै गाएर पालिका अध्यक्ष अजमल अख्तर आजाद र नेपाल रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहालले आवश्यक राहत प्याकेज हस्तान्तरण गरेका छन् ।रेडक्रसले पीडितको घरैमा पुगेर शुक्रबार त्रिपाल,भाडावर्तन लगायतका राहत प्याकेज सहितका सामग्री हस्तान्तरण गरिएको वडा नम्बर ७ का वडाध्यक्ष बाैवालाल यादवले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा, घर बनाउन राखिएको साल प्रजातिकाे काठ लगायत ५ लाख भन्दा बढीकाे सरसामान जलेर नष्ट भएको बताए ।
Discussion about this post