जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका ५ घर भएका पत्रकार यादवको आज बिहान जनकपुर ढल्केवर सडक खण्डमा आफैले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
मृतक यादव रेडियो धनुषाधामका संचालक तथा इन्यूज ब्यूरोका कार्यकारी सम्पादक थिए ।
मोटरसाइकलमा पछाडि सबार पत्रकार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहको छ ।
मृतक संचारकर्मी यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Discussion about this post