इनरुवा । सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी भोक्राहा परिसरमा बर्थिङ्ग सेन्टर (प्रसूति गृह) भवनको शिलान्यास गरिएको छ ।स्वास्थ्य चाैकी भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ अकाहामा प्रसूति गृह भवनको थप एउटा कोठा(हल) काे भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले गरेका हुन् ।उहाँलेे प्रसूति गृह भवनको शिलान्यास कार्यक्रम बाेल्दै महिलाहरुका लागि प्रसुति सेवामा सहजता हुने धरान , बिराटनगर र इनरुवाकाे अस्पताल धाउनुपर्ने बाध्यताकाे अन्त्य हुने स्थानीय स्तरमै विशेषज्ञ सहितको सहज सेवा उपलब्ध हुने बताउनुभयो ।पालिका अध्यक्ष अजमल आजादले प्रसूति गृहबाट प्रसुति विशेषज्ञ सहित स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रदान गर्ने जनाइएको छ । भने प्रसूति गृहबाट गर्भवती महिलालाई उपलब्ध गराइने निःशुल्क सुविधाहरू नियमित गर्भवती जाँच, आइरन चक्की वितरण,धनुष्टंकार विरुद्धको खोप (टि.टि. खोप) र प्रसूति सेवा नियमित सञ्चालन भइरहेको बताउनुभयो ।उता प्रसूति गृह भाेक्राहा नरसिंह गाउँपालिका तथा सेभ द अर्थको संयुक्त साझेदारीमा निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो ।
Discussion about this post