इनरुवा । सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी भोक्राहा परिसरमा बर्थिङ्ग सेन्टर (प्रसूति गृह) भवनको शिलान्यास गरिएको छ ।
स्वास्थ्य चाैकी भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ अकाहामा प्रसूति गृह भवनको थप एउटा कोठा(हल) काे भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले गरेका हुन् ।
उहाँलेे प्रसूति गृह भवनको शिलान्यास कार्यक्रम बाेल्दै महिलाहरुका लागि प्रसुति सेवामा सहजता हुने धरान , बिराटनगर र इनरुवाकाे अस्पताल धाउनुपर्ने बाध्यताकाे अन्त्य हुने स्थानीय स्तरमै विशेषज्ञ सहितको सहज सेवा उपलब्ध हुने बताउनुभयो ।
पालिका अध्यक्ष अजमल आजादले प्रसूति गृहबाट प्रसुति विशेषज्ञ सहित स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रदान गर्ने जनाइएको छ । भने प्रसूति गृहबाट गर्भवती महिलालाई उपलब्ध गराइने निःशुल्क सुविधाहरू नियमित गर्भवती जाँच, आइरन चक्की वितरण,धनुष्टंकार विरुद्धको खोप (टि.टि. खोप) र प्रसूति सेवा नियमित सञ्चालन भइरहेको बताउनुभयो ।
उता प्रसूति गृह भाेक्राहा नरसिंह गाउँपालिका तथा सेभ द अर्थको संयुक्त साझेदारीमा निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post