मधेस प्रदेश । श्रीमतीले पैसा लिएर फिर्ता नगरेपछि उनका श्रीमान् अपहरणमा परेका छन्। उदयपुरको कटारी नगरपालिका–१० घर भएका लालबहादुर थापा मगर मंगलबार दिउँसो धनुषाको ढल्केवरबाट अपहरणमा परेका हुन्।
उनी अपहरणमा परेको खबर धनुषा प्रहरीलाई प्राप्त भएपछि प्रहरीले सोबारे छानबिन थालेको थियो। अपहरणमा परेको केही घण्टापछि अपहरित लालबहादुर र अपहरणमा संलग्न रहेका पाँच जनालाई सप्तरीमा फेला पारिएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रंञ्जन अवाले जानकारी दिए।
उनको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सप्तरीको सप्तकोसी नगरपालिका–१ का जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा र सिरहाको गोलबजार नगरपालिका–६ का शंकर लामा र वडा नम्बर २ अरुण कुमार लामालाई नियन्त्रणका लिएको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरुले लालबहादुरकी श्रीमती एजेन्ट रहेकी र उनीमार्फत विदेश जान आफूहरूले पैसा दिएको र विदेश जान नपाएपछि उनको श्रीमानको अपहरण गरेको बयान दिएका थिए।
अपहरणमा संलग्न रहेको आरोपमा उनीहरुलाई हिजो नै पक्राउ गरेर ल्याए पनि अपरणमा परेका भनिएका लालबहादुरले जाहेरी दिन नआएपछि उनीहरुबीच आर्थिक लेनदेन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी अवाले बताए।
लालबहादुर प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीमा कार्यरत छन् भने उनी श्रीमती एजेन्टको काम गरिरहेकी छिन्। पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post