इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ स्थित रहेको बाबा पेपर मिलले निर्माण गरिएको अबैध संरचना भत्काएको छ ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हबिव मंसुरीले आफ्नो वडाभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका अबैध संरचना भत्काउन थालेको छ ।
वडाध्यक्ष मंसुरी आफैँ उपस्थित भएर बाबा पेपर मिलले अनधिकृत रूपमा निर्माण गरिएको पर्खाल, गेट लगायतका करिब ३ सय मिटरसम्म निर्माण गरिएको अन्य संरचना भत्काएका हुन् ।
उनले सार्वजनिक सडक,बाटो क्षेत्रमा अबैध रूपमा बनाइएको पर्खाल, गेट लगायतका अन्य संरचना भत्काउनका लागि सूचना समेत जारी गरिएको थियाे ।
वडा अध्यक्ष मंसुरी जारी गरिएको सूचनालाई बाबा पेपर मिलले अटेर गरेकाे कारण आज मंगलबार जेसिभी लगाएर भत्काएकाे उनलेे बताए ।
उता वडा नम्बर ५ स्थित बैष्णाे आयल निगम देखि टपरा टाेल सम्म अनुमानित ३ किलोमिटर सडक कालोपत्रेकाे लागि सब बेस तथा बेस बनाउने काम सुरु भएको वडाध्यक्ष मंसुरीले जानकारी दिए ।
Discussion about this post