इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका ६ मा अबैध लागू औषध सहित दुई जानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका वडा नं. ६ ढलान रोडबाट मोटरसाईकलमा सवार दुई व्यक्तिलाई अबैध लागू औषध सहित पक्राउ गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएका प्रहरी अधिकृतको टोलीले मोटरसाईकलमा सवार दुई जनालाई अबैध लागू औषध खैरो हिरोईन सहित पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा नरसिंह गा.पा.वडा नं. ६ लौकही स्थित सडकमा को. १७ प. ८९४९ नंम्बरको स्कुटरलाई रोकी त्यसमा सवार मोरङको बेलबारी नगरपालिका वडा नं. ४ का ४१ वर्षिय असीत कुमार राई र सवार अर्का झापाको हल्दिवारी गाउँपालिका वडा नं. २ बेलगडिका २१ वर्षिय सेवानन्द राजवंशीलाई अबैध लागू औषध खैरौ हिरोईन सहित पक्राउ गरेको हो । उनीहरुलाई कानूनी रूपमा चेकजाँच गर्दा उनीहरूले जुत्ताभित्र लुकाई ल्याएको १५.२४ ग्राम खैरो हिरोईन र मोटरसाईकल सहित पक्राउ गरीएको जनाएको छ । दुवैलाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जनाएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post