धनुषा । ‘कम्यूनिष्टहरु’ खासगरी माओवादीले भगवानको मुर्तीलाई पूजा गर्दैनन् । रुढीवादी र आडम्बरी भन्दै उनीहरुले आफन्तको मृत्यु हुँदा हिन्दु धर्मले मानेजस्तो क्रियाकर्ममा पनि विश्वास गर्दैनन् । यहाँ धर्म र माओवादी वा कम्यूनिष्टको चरित्रसँग सरोकार भएन ।
तीन दिनयता धनुषास्थित सबैला नगरपालिकाका वडाध्यक्षहरुले मेयर कारीराम यादवविरुद्ध निरन्तर गरिरहेको आन्दोलनको सन्दर्भ हो । मेयरको तस्बिरमा माला लगाएर टाउकोमा भगवानको मुर्तीमा जस्तै मुकुट लगाइदिएर उनकै नाउँको भजन गाइरहेका छन् वडाध्यक्षहरुले, ‘कारीराम कारीराम कारीराम जय कारीराम ।’ यसरी भजनमा जपेको नाम कारीराम भनेको मेयर कारीराम यादव हुन् । उनले धेरै राम्रो काम गरेर प्रशंसा गरिरहेका भने होइनन् वडाध्यक्षहरुले । न त खुशी मनाइरहेका हुन् । मेयर विरुद्ध सांकेतिक प्रदर्शन गर्दै किर्तनमा सहभागी भइरहेको सबैला नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सरोज कुमार यादवले न्यूजआजलाई बताए ।
नगरसभाको दशौं अधिवेशनको दोस्रो बैठक निर्धारित समयमा नबसेको र तत्काल बस्ने निश्चित पनि नगरेको, नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले ऐन कानुनलाई मिचेर मनपरी गरेको, वडाध्यक्षको अधिकार क्षेत्रमा पर्ने वडाभित्रको सार्वजनिक जग्गाको सिफारिस पनि नगर प्रमुखले नै गर्न थालेको आरोप वडाध्यक्षहरुको छ । यस्तै वडा कार्यालयमा कर्मचारी अभाव र भएका पनि अदक्ष रहेको हुँदा समस्या समाधान गर्न बारम्बार ताकेदा गर्दा पनि नगर प्रमुखले सुनुवाई नगरेको, समय र परिस्थिति अनुरुप नगर शिक्षा ऐन संशोधन गर्न नगर प्रमुखले अवरोध गरेको, ऐन अनुसार नभएर मेयरले दम्भको आधारमा पेलेर जान खोजेको भन्दै आफुहरुले उठाएको माग जायज नभए सार्वजनिक सुनुवाई गर्न समेत वडाध्यक्षहरुले चुनौति दिएका छन् ।
१३ वडा रहेको सबैला नगरपालिकामा नगर प्रमुख कारीराम यादव, उपप्रमुख रहिमा खातुन, वडा नम्बर ४, ८, ९ र १० का वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्र जितेका छन् । वडा नम्बर २ र ७ एमालेले जितेको छ भने वडा नम्बर १ र १२ नेपाली कांग्रेसले जितेको छ । लोसपाले वडा नम्बर ३ र १३, जसपाले वडा नम्बर ५, एकीकृत समाजवादी पार्टीले वडा नम्बर ६ राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नम्बर ११ जितेको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post