• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विद्युत लाइनको स्थानान्तरणको माग गर्दै आन्दोलित, स्थानीयविरुद्ध प्रहरी परिचालन

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ जेष्ठ १९ गते, १६:५७ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
विद्युत लाइनको स्थानान्तरणको माग गर्दै आन्दोलित, स्थानीयविरुद्ध प्रहरी परिचालन
12
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । हेटौंडा- ढल्केबर- दुहबी ४०० केभी हाइटेन्सन विद्युत प्रसारण लाइनअन्तर्गत बराहक्षेत्र-८ सैनिकका पीडित आन्दोलनकारीमाथि प्रहरीले ज्यादती गरेको छ ।
उचित मुआब्जा वा विद्युत लाइनको स्थानान्तरणको माग गर्दै आन्दोलित स्थानीयविरुद्ध आयोजनाले प्रहरी परिचालन गरी बलजफ्ती काम सुरु गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयौंको सङ्ख्यामा हाइटेन्सन लाइनको पोल वरपर परिचालित प्रहरीले स्थानीयलाई दुर्व्यवहार गरेको स्थानीय भीम याक्खाले बताए । आयोजनास्थलमा सुरक्षाकर्मी खाजासामल लिएरै जनतालाई दमन गरी काम अघि बढाउन खटिएको स्थानी बताउँछन् ।
स्थानीयको विरोधका बावजुद आन्दोलनको कुनै सुनुवाई नगरी प्रहरीको बाक्लो सुरक्षा घेरामा हाइटेन्सन लाइनको काम सुरु भएको पीडित याक्खाले बताए ।
‘प्रहरीले हामीलाई धक्कामुक्का गरेको छ, ठेलठालमा प्रहरीको बुटले खुट्टा किचिएको छ, चोटसमेत लागेको छ,’ पीडित उषा बस्नेतले भनिन्, ‘प्रहरीको ज्यादती भयो, हाम्रो माग सुनुवाई नगरी जबरजस्ती काम भएको छ ।’
आन्दोलनकारीले मेयर र वडाध्यक्षले समेत जनताको मागलाई बेवास्ता गरेको उनीहरुको भनाइ छ । पीडितका अनुसार पहिले ६ लेनको सडक बनाउने नाममा जनतालाई झुक्याएको त्यसपछि केबलकार सञ्चालन गर्ने योजना हो भन्दै झुट बोलेर पोल गाडिएको हो । जनतालाई भ्रम छरेर हाइटेन्सन लाइन विस्तार गर्न लागिएको पीडित टङ्क कार्कीले बताए । उनले आफ्नो १० कट्ठा जमिन हाइटेन्सन लाइनमा परेको बताए ।
‘मूल्याङ्कनको २० प्रतिशत मुआब्जा दिने नाउँमा लाइन बिस्तार गरे पनि हामी मार्कामा परेका छौं, पीडित कार्कीले भने,’यस अघिका नगर प्रमुख निलम खनालले जनतालाई खुसी पारेरमात्र काम गर्न अडान लिएका थिए तर अहिलेका नगर प्रमुख रमेश कार्कीले न जनता आन्दोलित हुँदा आउँछन् न उनी जनताको मार्काप्रति नै गम्भीर छन्, यो पक्कै पनि सेटिङमा जनतामारा काम भइरहेको छ ।’
स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारसम्म पीडित भएको गुनासो लिएर पुग्दासमेत पीडितहरुको माग सुनुवाई नभएको उनीहरूको गुनासो छ । हाइटेन्सन लाइन पीडितले राज्यविरुद्ध सङ्घर्ष गर्न बाध्य भएको बताए । पीडितहरु सङ्घर्षका लागि ‘हेटौंडा- ढल्केबर- दुहबी ४०० केभी हाइटेन्सन पीडित संघर्ष समिति’ निर्माण गरी आन्दोलित भएका छन् ।
‘सरकारले जनतालाई विस्थापित गर्ने गरी जबरजस्ती गरेकाले प्रतिकारमा उत्रन बाध्य भएका छौं,’ पीडित बराहक्षेत्र- ८ का नगेन्द्र राईले भने, ‘एक दशकदेखि संङ्घर्ष समिति बनाएर सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाए पनि राज्यले बलजफ्ती गरिरहेको छ ।’
राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्दा स्थानीयसँग सहमति गर्ने, असर- प्रभाव मूल्याङ्कन गर्नेलगायतका सामान्य सिद्धान्तसमेत ख्याल नगरी आयोजना र सरकारले जनतामाथि अन्यायको डन्डा चलाएको  स्थानीयको आरोप छ ।
‘सरकारले छलकपट गरेर नागरिकको सम्पत्ति राख्ने मौलिक हकविरुद्ध गएको छ,  राज्यको यो कदम प्रत्युत्पादक हुनेछ,’ सङ्घर्ष समितिका सचिव इन्द्रबहादुर लिम्बूले भने, ‘जनताको नजिकको सरकार नगरपालिकासमेत जनताको पक्षमा नबोल्नुले जनताप्रति उत्तरदायी नरहेको पूष्टि हुन्छ।’
बारम्बार जानकारी गराउँदा समेत स्थानीय जनप्रतिनिधि जनताको मार्का र हाइटेन्सनको सम्भावित प्रकोपबारे निरीक्षणसमेत गर्न नआएको सचिव लिम्बूले आरोप लगाए । स्थानीय सरकार र आयोजनाको छलकपट अब सह्य नहुने पीडितले बताएका छन् । कुनै पनि अवस्थामा बस्तीबाट हाइटेन्सन लानु बस्तीबासीको हितमा नभएको पीडितको ठहर छ ।
‘हाम्रा पुर्खाहरुले आर्जेको सम्पत्तिमाथि हाम्रै नियन्त्रण छैन, भोगचलन गरिरहेको नम्बरी जग्गाको बीचौबीच लाइन लगिएको छ, कुनै पनि अवस्थामा हाम्रो जग्गा-जमिन काम नलाग्ने भएको छ, क्षतिको पूर्वानुमान गर्नु पर्ने हैन र ?’ स्थानीय इन्द्रकला सुब्बाले प्रश्न गरिन्, ‘विकास होला राम्रो होला भन्ने  सोचिएको थियो, तर हाइटेन्सन लाइन बस्तीभित्रबाट पस्यो, यसको विकीरणले कृषि क्षेत्रमा असर गर्दो रहेछ, महिला बालबालिकाको स्वास्थ्यमा यसको नकारात्मक असर हुँदो रहेछ, गर्भ अवस्थामा महिलाका बच्चाहरुलाई असर गर्ने अपाङ्गता हुने समस्या हुने रहेछ, यस्ता दीर्घकालीन समस्या र स्वास्थ्यमा पार्ने असर जान्दाजान्दै राज्य कसरी मौन रहन सक्छ?’
आयोजना र स्थानीय सरकारले  छलफल नगरी, जानकारी नदिई बलमिच्याइँ गरेको उनको आरोप छ । ‘हाइटेन्सन लाइनको विरुद्ध हामी युवा, महिला, बालबालिका आन्दोलित छौं, स्थानीय सरकार, जिल्ला प्रशासन र प्रदेश सरकारलाई समेत जानकारी गराउँदा- गराउँदै पनि हाम्रो मागको सुनुवाई भएन,’ सुब्बाले भनिन्, ‘एक दशकदेखि लगातार आन्दोलित हुँदासमेत राज्य कान नसुन्ने अवस्थामा छ,  हाम्रा पुर्खाले प्राप्ति गरेको जग्गाबाट विस्थापित गराइँदैछ ।’
३ सय मिटर तल जङ्गलबाट समेत विद्युत लाइन लान सक्ने अवस्था रहको हाइटेन्सन लाइन पीडित बताउँछन् । उनीहरुले बस्ती बाइपास गरी लाइन विस्तार गर्नु पर्ने अन्यथा आफ्नो जायजेथाको मुआब्जा दिनु पर्ने माग राख्दै आएका छन् । तर आयोजना र राज्यले भने सुरक्षाकर्मी राखेर धाकधम्कीपूर्ण रुपमा त्रास देखाएको उनीहरूको आरोप छ । पीडितले त्रासपूर्ण दैनिकी बिताइरहेको बताएका छन् ।
‘हाइटेन्सनको टेन्सनले गरीखान सक्ने अवस्था छैन, आठ वर्षमा स्थानीयको माग सुनुवाईमा कुनै चासो देखाइएको छैन,’ पीडित सङ्घर्ष समितिका अध्यक्ष बिक्रम लिम्बूले भने, ‘जनतालाई रोजगारी शिक्षाको प्रलोभन देखाए पनि केही ग्यारेन्टी छैन, राज्यले हाम्रो पीडा सम्बोधन गरोस् भन्ने हाम्रो मुख्य माग हो ।’
बराहक्षेत्रका नगर प्रमुखसँग समस्या लिएर भेट्न जाँदा स्थानीयसँग कुरा राम्रो गर्ने तर व्यवहार नराम्रो देखिएको अध्यक्ष लिम्बूको भनाइ छ । ‘हाम्रो चलअचल सम्पत्ति राज्यले लेओस्, हामी यसै बर्बाद भयौं, त्यस्सै बर्बाद भयौं, न्यायका लागि सङ्घर्षको कुनै विकल्प रहेन ।’
अध्यक्ष लिम्बूले हाइटेन्सन लाइनका कारण ३ सय घरपरिवार विस्थापित हुने अवस्था रहेको बताए ।
राजा महेन्द्रले भूपू सैनिकहरुलाई संगठित गराई बसाएको यो बस्ती सुनसरी जिल्लाको वराहक्षेत्र–८ स्थित सैनिकमा पर्छ । विकासमा पछि परेको बस्तीले हाइटेन्सन विद्युत लाइनका कारण विस्थापित हुने अवस्थामा पुगेको छ ।
बराहक्षेत्र–८ स्थित सैनिक, कालापानी, सालबन्दी, मोरङ लाइन, धनकुटेलाइन, तेह्रथुम लाइनलगायतका बस्ती विकास हुनुपर्नेमा विनाशतर्फ अघि बढेको स्थानीयको चिन्ता छ ।

Tags: आन्दोलितप्रहरी परिचालनमाग गर्दैविद्युत लाइनकोस्थानान्तरणकोस्थानीयविरुद्ध

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist