इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गएराति एक करोड एक लाख सहित एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा हरिनगर –५ का ३७ वर्षीय ईसा अन्सारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । शनिबार राती हुन्डिको आशङकामा एक करोड एक लाख नगद सहित अंसारीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको एक करोड एक लाख रकम बरामद भएको उनले बताए ।
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ । प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेका उनको भनाइ छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारवाही लागि रजास्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको उनले बताए।
Discussion about this post