टीकापुर / कैलालीको टीकापुरमा केराकाे रेसा हात्ते हाेजियारी उत्पादन सम्बन्धी सीप बिकास तालिम संचालन भईरहेकाे छ । धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुर ८ बटनपुरकाे र दिगाेबिकास समाज भजनीकाे साझेदारीमा उक्त तालिमकाे आयाेजना गरिएकाे सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चाैधरीले जानकारी दिएका छन । व्यवस्थापक चाैधरीका अनुसार दिगाेबिकास समाज भजनी र धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुर ८ बटनपुरकाे संयुक्त लगानीमा फाल्गुन महिना देखि केराकाे रेसा उत्पादन गर्ने मेसिन संचालनमा ल्याएर रेसा उत्पादन गर्दै आएकाे थियाे । केराकाे थामबाट रेसा उत्पादनका साथ साथै स्थानिय महिलालाई स्वराेजगार बनाउने उदेश्यका साथ जेष्ठ २१ गते देखि श्रावण ५ गते सम्म केराकाे रेसा हात्ते हाेजियारी उत्पादन सम्बन्धी सीप बिकास तालिम संचालन गरिरहेकाे जानकारी दिएकाे छ । तालिममा केराकाे रेसाबाट विभिन्न सामग्री बनाउने सीप मुलक तालिम दिई स्वराेजगार बनाउनका का साथै स्थानिय स्तरमा खेर गईरहेकाे केराकाे थामकाे प्रयाेगमा ल्याउने उदेश्यका साथ तालिम संचालन भईरहेकाे बताईएकाे छ । तालिममा ब्याग,झाेला,गुन्द्री,चकटी, ढकिया, कि प्याड,वाल फ्रेमिङ्ग ,गमला लगायत सजावटका सामग्री निर्माण सम्बन्धि सीप सिकाउने अंशु सिलाई प्रशिक्षण तथा जुत्ती उद्योग धनगढीका संचालक तथा प्रशिक्षक अनिता श्रेष्ठले जानकारी दिएकाे छ ।
Discussion about this post