सुनिल चौधरी/झुम्का । रामधुनी नगरपालिकाको केन्द्रको रुपमा रहेको झुम्का बजारलाई आसपासका क्षेत्रको आर्थिक केन्द्रको रुपमा विकास गर्न ति क्षेत्रहरुबाट सहज रुपमा आउजाउ गर्नका लागि कालोपत्रे सडक निर्माण सुरु गरिएको छ ।
रामधुनी नगरमा जोडिएको राजमार्गको दुवैतर्फ नगरको मुख्य बजार झुम्का बजार रहेको छ । बजार बिस्तारमा सुनसरी मोरङ्ग सिंचाई आयोजनाको नहर सडक खण्ड मुख्य सड्क हुन् । चतरा, चक्रघटी हुँदै नहर सडक खण्ड झुम्कासम्म र एकम्बा, उब्धी, लोहनी, चाँदवेला समेतको बजार किनमेल गर्न आउने नहर सडक खण्ड नै हुन् । झुम्का बजारसम्म सहज गन्तब्य बनाउने नहर सडक खण्ड सिंचाई आयोजनाले ग्राभेल मर्मत गर्दै आएपनि ग्राभेल प्रभावकारी नहुँदा स्थानीय तह रामधुनी नगरपालिकाले झुम्का बजारलाई प्रवद्र्धन गर्न कालोपत्रे (पक्की) सडक निर्माण गर्न सुरु गरेको छ ।
रामधुनी वडा नं. १ को झुम्का–भादगाउँ–डुमैरिया नहर सडक साविक कृषि बाटो नै मानिन्छ । झुम्का पूर्व र पश्चिमका किसानहरु उत्पादन गरेका कृषि उत्पादन नहर बाटो सहज भएर झुम्का बजारमा बिक्री गर्न तथा खरिद गर्न आउने गर्छन् । झुम्का बजारलाई विस्तार गर्न महत्वपूर्ण भूमिकामा रहेको नहर सडक बाटो कालोपत्रे पक्की सडक निर्माणले किनमेल गर्ने, व्यापारी, किसानहरु थप सुबिधा प्राप्त गर्दै बजार प्रवद्र्धन गर्ने रामधुनी नगरपालिकाको उद्देश्य रहेको छ ।
नहरको सडक क्रमागत बजेटबाट डुमैरिया गाउँसम्म जोडने लक्ष्य रहेको छ । गत आर्थिक बर्षमा निर्माण गरेकोसहित झुम्काको राजमार्ग देखि झुम्का–भादगाउँ–डुमैरिया नहर सडक ८ सय मिटर कालोपत्रे निर्माण सम्पन्न भएको छ ।
नहर सडक कालोपत्रे निर्माण हुँदै गर्दा आइतवार नगर प्रमुख शंकरलाल चौधरीले अनुगमनमा गरेका छन । अनुगमनको क्रममा उनले नगरको गौरबको योजनाले निर्माण भैरहेको बताए । ५० लाख बजेटले निर्माण भैरहेको कालोपत्रे नगरभित्रका नगरवासी र झुम्का बजार आउन नगर बाहिरकालाई सुविधा हुने बिश्वास छ । हामी जनप्रतिनिधि चुनिएर आइसकेपछि विकासको प्रत्याभुति लिदै प्रत्येक वडामा पूर्वाधार विकासका लागि नगरको गौरवको योजनाले रु. ५०–५० लाखको पक्की सडक कालोपत्रे निर्माण भैरहेको नगरप्रमुख चौधरीले बताए ।
नहर सडक कालोपत्रे पक्की सडक निर्माण स्थल वडा अध्यक्ष महेश चौधरीले अनुगमन गरेका छन । स्थानीय उपभोक्ताहरुले कालोपत्रे निर्माण हुँदा सहज र विकासको गति अनुभव भएको बताएका छन् । .कालोपत्रे पक्की सडक निर्माणले स्थानीय उत्साहित छन् । झुम्काको मुख्य नहरको बाटो रोड भएको छ, हामि सबैलाई व्यापार व्यसाय गर्न सहज हुने झुम्काका व्यापारी तथा स्थानीय उपभोक्ता सबुरलाल चौधरीले बताए ।
स्थानीय उपभोक्ता अनिश चौधरीले नहर सडक कालोपत्रे पहिले देखिनै आवश्यक रहेको थियो र स्थानीयहरुको माग पनि रहेको थियो, अहिले निर्माण भएको छ, स्थानीय लगायत झुम्का बजारका लागि उपलब्धी भएको धारणा ब्यक्त गरे । झुम्काका अग्रज व्यापारीसमेत रहेका झखन दासलले झुम्का बजारको मुलबाटो नहर सडक रोड निर्माणले सुगम महसुस भएको भन्दै समग्र उपलब्धी भएको बताए । यसैगरी स्थानीय उपभोक्ताहरु कन्तलाल चौधरी, सत्यनारायण चौधरी, प्रशुराम चौधरीले कालोपत्रे सडक निर्माण सरहानिय, पूर्वाधार विकासमा उपलब्धि, दिर्घकालिन सोच रहेको बताएका छन् ।
झुम्का–भादगाउँ–डुमैरिया नहर सडक खण्ड कालोपत्रे पक्की सडक श्रीजल निर्माण सेवाले ठेक्कामा निर्माण कार्य गरिरहेको छ । आ.ब. २०८०–८१को बजेटले नहर गेट देखि सौनधामी ग्रामथान सम्म ४६५ मिटर लम्बाई कालोपत्रे पक्की सडक निर्माण भएको छ ।
नगरको गौरब योजनाले चालु आर्थिक बर्षमा झुम्का–भादगाउँ–डुमैरीया नहर सडक पक्की सडक कालोपत्रे निर्माण संगै विभिन्न वडाको बाटो कालोपत्रे निर्माण अगाडि बढाएको छ । नगरको कुम्याही–कालीझोडा सडक, मोचीटोल–कर्मनियाटोल जानेबाटो, बुधनगर–कुम्याही जोडनेबाटो, सिंगिाया नहर–शेराखोला जाने सडक, पिप्राहा–पानी र्टकी जाने सडक त्यस्तै पिडारी–रामपुरा हुँदै रामधुनी मुल सडक जोड्ने बाटो, बैठार चोक–रामधुनी मन्दिर जाने सडक, शिव चोक पर्सागाछी सडक, मैनी–ढेरीगाउँ चतरा नहर जाने सडक, बक्लौरी–पंचायन जाने सडक, कजरापुल–वरपिल चोक सडक, पौडेल चोक–सोह्रनम्बर जाने सडक डुम्राहा बजारसम्म जाने सडक कालोपत्रे निर्माण भै रहेको नगरपालिकाले जनाएको छ ।
Discussion about this post