• pradeshpoint
  • Pradeshpoint
Wednesday, April 15, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

झुम्कालाई आर्थिक केन्द्र बनाउन आसपासका पालिकालाई जोड्ने पक्की सडक निर्माण तिब्र

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ जेष्ठ २५ गते, १५:२५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
झुम्कालाई आर्थिक केन्द्र बनाउन आसपासका पालिकालाई जोड्ने पक्की सडक निर्माण तिब्र
13
SHARES
Share on FacebookShare on Twitter

सुनिल चौधरी/झुम्का । रामधुनी नगरपालिकाको केन्द्रको रुपमा रहेको झुम्का बजारलाई आसपासका क्षेत्रको आर्थिक केन्द्रको रुपमा विकास गर्न ति क्षेत्रहरुबाट सहज रुपमा आउजाउ गर्नका लागि कालोपत्रे सडक निर्माण सुरु गरिएको छ ।
रामधुनी नगरमा जोडिएको राजमार्गको दुवैतर्फ नगरको मुख्य बजार झुम्का बजार रहेको छ । बजार बिस्तारमा सुनसरी मोरङ्ग सिंचाई आयोजनाको नहर सडक खण्ड मुख्य सड्क हुन् । चतरा, चक्रघटी हुँदै नहर सडक खण्ड झुम्कासम्म र एकम्बा, उब्धी, लोहनी, चाँदवेला समेतको बजार किनमेल गर्न आउने नहर सडक खण्ड नै हुन् । झुम्का बजारसम्म सहज गन्तब्य बनाउने नहर सडक खण्ड सिंचाई आयोजनाले ग्राभेल मर्मत गर्दै आएपनि ग्राभेल प्रभावकारी नहुँदा स्थानीय तह रामधुनी नगरपालिकाले झुम्का बजारलाई प्रवद्र्धन गर्न कालोपत्रे (पक्की) सडक निर्माण गर्न सुरु गरेको छ ।
रामधुनी वडा नं. १ को झुम्का–भादगाउँ–डुमैरिया नहर सडक साविक कृषि बाटो नै मानिन्छ । झुम्का पूर्व र पश्चिमका किसानहरु उत्पादन गरेका कृषि उत्पादन नहर बाटो सहज भएर झुम्का बजारमा बिक्री गर्न तथा खरिद गर्न आउने गर्छन् । झुम्का बजारलाई विस्तार गर्न महत्वपूर्ण भूमिकामा रहेको नहर सडक बाटो कालोपत्रे पक्की सडक निर्माणले किनमेल गर्ने, व्यापारी, किसानहरु थप सुबिधा प्राप्त गर्दै बजार प्रवद्र्धन गर्ने रामधुनी नगरपालिकाको उद्देश्य रहेको छ ।
नहरको सडक क्रमागत बजेटबाट डुमैरिया गाउँसम्म जोडने लक्ष्य रहेको छ । गत आर्थिक बर्षमा निर्माण गरेकोसहित झुम्काको राजमार्ग देखि झुम्का–भादगाउँ–डुमैरिया नहर सडक ८ सय मिटर कालोपत्रे निर्माण सम्पन्न भएको छ ।
नहर सडक कालोपत्रे निर्माण हुँदै गर्दा आइतवार नगर प्रमुख शंकरलाल चौधरीले अनुगमनमा गरेका छन । अनुगमनको क्रममा उनले नगरको गौरबको योजनाले निर्माण भैरहेको बताए । ५० लाख बजेटले निर्माण भैरहेको कालोपत्रे नगरभित्रका नगरवासी र झुम्का बजार आउन नगर बाहिरकालाई सुविधा हुने बिश्वास छ । हामी जनप्रतिनिधि चुनिएर आइसकेपछि विकासको प्रत्याभुति लिदै प्रत्येक वडामा पूर्वाधार विकासका लागि नगरको गौरवको योजनाले रु. ५०–५० लाखको पक्की सडक कालोपत्रे निर्माण भैरहेको नगरप्रमुख चौधरीले बताए ।
नहर सडक कालोपत्रे पक्की सडक निर्माण स्थल वडा अध्यक्ष महेश चौधरीले अनुगमन गरेका छन । स्थानीय उपभोक्ताहरुले कालोपत्रे निर्माण हुँदा सहज र विकासको गति अनुभव भएको बताएका छन् । .कालोपत्रे पक्की सडक निर्माणले स्थानीय उत्साहित छन् । झुम्काको मुख्य नहरको बाटो रोड भएको छ, हामि सबैलाई व्यापार व्यसाय गर्न सहज हुने झुम्काका व्यापारी तथा स्थानीय उपभोक्ता सबुरलाल चौधरीले बताए ।
स्थानीय उपभोक्ता अनिश चौधरीले नहर सडक कालोपत्रे पहिले देखिनै आवश्यक रहेको थियो र स्थानीयहरुको माग पनि रहेको थियो, अहिले निर्माण भएको छ, स्थानीय लगायत झुम्का बजारका लागि उपलब्धी भएको धारणा ब्यक्त गरे । झुम्काका अग्रज व्यापारीसमेत रहेका झखन दासलले झुम्का बजारको मुलबाटो नहर सडक रोड निर्माणले सुगम महसुस भएको भन्दै समग्र उपलब्धी भएको बताए । यसैगरी स्थानीय उपभोक्ताहरु कन्तलाल चौधरी, सत्यनारायण चौधरी, प्रशुराम चौधरीले कालोपत्रे सडक निर्माण सरहानिय, पूर्वाधार विकासमा उपलब्धि, दिर्घकालिन सोच रहेको बताएका छन् ।
झुम्का–भादगाउँ–डुमैरिया नहर सडक खण्ड कालोपत्रे पक्की सडक श्रीजल निर्माण सेवाले ठेक्कामा निर्माण कार्य गरिरहेको छ । आ.ब. २०८०–८१को बजेटले नहर गेट देखि सौनधामी ग्रामथान सम्म ४६५ मिटर लम्बाई कालोपत्रे पक्की सडक निर्माण भएको छ ।
नगरको गौरब योजनाले चालु आर्थिक बर्षमा झुम्का–भादगाउँ–डुमैरीया नहर सडक पक्की सडक कालोपत्रे निर्माण संगै विभिन्न वडाको बाटो कालोपत्रे निर्माण अगाडि बढाएको छ । नगरको कुम्याही–कालीझोडा सडक, मोचीटोल–कर्मनियाटोल जानेबाटो, बुधनगर–कुम्याही जोडनेबाटो, सिंगिाया नहर–शेराखोला जाने सडक, पिप्राहा–पानी र्टकी जाने सडक त्यस्तै पिडारी–रामपुरा हुँदै रामधुनी मुल सडक जोड्ने बाटो, बैठार चोक–रामधुनी मन्दिर जाने सडक, शिव चोक पर्सागाछी सडक, मैनी–ढेरीगाउँ चतरा नहर जाने सडक, बक्लौरी–पंचायन जाने सडक, कजरापुल–वरपिल चोक सडक, पौडेल चोक–सोह्रनम्बर जाने सडक डुम्राहा बजारसम्म जाने सडक कालोपत्रे निर्माण भै रहेको नगरपालिकाले जनाएको छ ।

Tags: आर्थिक केन्द्रआसपासकाजोड्नेझुम्कालाईनिर्माण तिब्रपक्की सडकपालिकालाईबनाउन

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist