दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले ५ सय किसानहरूलाई नि:शुल्क रूपमा सिंचाइका लागि बाेरिंग वितरण गरेका छन्। साथै, ५० प्रतिशत अनुदान रकममा ५ सय किसानहरूलाई विद्युतिय माेटर पनि वितरण गरेका छन्।
गाउँपालिका अध्यक्ष आजादले किसानहरूको लागि आगामी आर्थिक वर्ष २०८१/८२ काे नीति तथा कार्यक्रममा अन्य याेजनाहरू समेत ल्याउने बताएका छन्। यसले किसानहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
हालसम्मका याेजनाहरूका कारण स्थानीय किसानहरूलाई ठुलो राहत भएको छ। वडा नम्बर २ का किसान रामेश्वर मेहताले अध्यक्ष आजादले गरेको सानाे सहयोगले ठुलो लाभ मिलेको बताए। उनका अनुसार, ५ सय बाेरिंग र ५ सय विद्युतीय माेटरकाे वितरणले झन्डै ३ हजार किसानलाई प्रत्यक्ष लाभ मिलेको छ।
स्थानीय गाउँवासीहरूले पनि याेजनाहरूको प्रशंसा गरेका छन्। यसले गर्दा खेतीबालीमा सुधार आउने र उत्पादनमा वृद्धि हुने आशा गरिएको छ।
पालिका अध्यक्ष आजादको यस पहलले भाेक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको जीवनमा सकारात्मक प्रभाव पारेको छ र आगामी योजनाहरूले अझ बढी लाभ दिने अपेक्षा गरिएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post