दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख़्तर अज़ादले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अजहा २०८१ (बकर ईद) को अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सन्देश दिनुभएको छ।
अध्यक्ष अज़ादले मुस्लिम समुदायको ईद-उल-अजहा पर्वले देशभर धार्मिक सद्भाव, सहिष्णुता तथा सामाजिक एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नेपाली समाजको विविधता भित्रको एकता नै देशको प्रमुख विशेषता भएको उल्लेख गर्दै धार्मिक, जातीय तथा सांस्कृतिक विविधताले नेपाली समाजलाई एकताबद्ध गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
सन्देशमा अध्यक्ष अज़ादले मुस्लिम समुदायलाई शुभकामना दिंदै ईद पर्वलाई हर्षोल्लासका साथ मनाउन र एकअर्कामा प्रेम, सहमति तथा सहयोगको भावना फैलाउन आह्वान गर्नुभएको छ। उहाँले विभिन्न जातजाति, धर्म, संस्कृति र परम्पराहरुले भरिएको नेपाल राष्ट्रमा सबै समुदायले एकअर्काप्रति सद्भाव र सहिष्णुताको भावनालाई आत्मसात् गर्दै ईद-उल-अजहा पर्वलाई शान्तिपूर्ण र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ।
इस्लामी कैलेंडर अनुसार १४४५ हिजरी वर्षको ईद-उल-अजहा दोस्रो ठूलो पर्व भएको उल्लेख गर्दै अध्यक्ष अज़ादले यो पर्वले विशेषगरी अल्लाहप्रति समर्पण, बलिदान तथा मानवताको सन्देश दिने बताउनुभयो।
अध्यक्ष अज़ादले बकर ईदको यस विशेष अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै सबैलाई मङ्गलमय ईद पर्वको शुभकामना व्यक्त गर्नुभएको छ।
सन्देशमा, अध्यक्ष अज़ादले नेपालभरिका मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरुलाई पर्व मनाउने क्रममा अपनाउनुपर्ने सतर्कता तथा स्वास्थ्य मापदण्डहरु पालन गर्न सुझाव दिँदै, यस पर्वले सामाजिक एकता र सद्भावको भावना अझ प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post