• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवा नगरपालिकाको आगामि आर्थिक वर्षको बजेट ७७ करोड रुपैया

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ असार ११ गते, २१:४१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
इनरुवा नगरपालिकाको आगामि आर्थिक वर्षको बजेट ७७ करोड रुपैया
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आगामि आर्थिक वर्ष २०८१/८२ कालागि ७७ करोड ३५ लाख ९७ हजारको बजेट पेश गरेको छ ।
सोमबार सुरु भएको १३ औं नगरसभामा उपमेयर विनिताकुमारी मेहताले आगामि वर्षको लागि पालिकाको नीति तथा कार्यक्रमसहित आयब्ययको अनुमान पेश गरेकी हुन् ।
नगरपालिकाले आगामि आर्थिक वर्षमा संघीय समानिकरण अनुानबाट १७ करोड २४ लाख, संघीय शसर्त अनुदानबाट ३० करोड ५२ लाख, संघीय समपुरक अनुदानबाट ६५ लाख, प्रदेश समानिकरण अनुदानबाट एक करोड १० लाख छ हजार, प्रदेश समपुरक अनुदानबाट एक करोड ३० लाख, प्रदेश शसर्त अनुदानबाट दुई करोड तीन लाख, संघीय राजस्व बाँडफाँडबाट १२ करोड ९७ लाख, प्रदेश राजस्व बाँडफाँड(सवारी कर) बाट ८८ लाख २६ हजार, मालपोत रजिष्ट्रेशन शुल्क र अन्य राजस्वसहितको आन्तरिक स्रोतबाट १० करोड ६६ लाख ६५ हजार गरी ७७ करोड ३५ लाख ९७ हजार प्राप्त हुने अनुमान गरेको छ ।
सभामा पेश नीति तथा कार्यक्रममा नगरको भौतिक पूर्वाधार विकासको लागि १७ करोड १४ लाख ३८ हजार आठसय रुपैया विनियोजन गरिएको छ जसमध्ये वडाको भौतिक पूर्वाधार निर्माणमा नौ करोड रुपैया विनियोजन गरिएको छ ।
त्यस्तै जनतासँग नगरप्रमुख र उपप्रमुख नामको नयाँ कार्यक्रम बजेटमा प्रस्ताव गरिएको छ । नगर क्षेत्रमा बन्ने भवनमा प्रत्येक भवन निर्माण गर्दा आगलागीबाट बच्ने प्रविधि जडान र दुई वटा विरुवा रोपेपछि मात्रै सम्पन्नताको प्रमाणपत्र दिने नीति नगरपालिकाले लिएको छ ।
त्यसैगरी फोहोर ब्यवस्थापनमा सार्वजनिक निजी साझेदारीको मोडलमा अगाडि बढाउने, जिल्ला अस्पतालमा मर्चरी निर्माण गर्ने, खुल्ला प्रतिष्पर्घाबाट नगरका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियूक्त गर्ने, ११ कक्षामा विज्ञान विषयको पठनपाठन सुरु गराउने, भोलेन्टीयर शिक्षक प्रयोग गरी गरीब र विपन्न बालवालिकालाई ट्यूसन पढाउने, विपन्नलाई दिइने आर्थिक सहयोगलाई स्वास्थ्य विमा गर्नेतर्फ रुपान्तरण गर्ने, २०८३ सम्म बालमैत्री नगर घोषणा गर्ने, युवाहरुको लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने, दलित र विपन्न नागरिकको मृत्यूमा १० हजार रुपैया उपलब्ध गराउने, इनरुवा रंगशालालाई ब्यवस्थित गरेर खेल सञ्चालन गर्ने, बबियामा भेटनरी अस्पताल सञ्चालन गर्ने, खोलाको सफाइका लागि अभियन्ताहरुसँग साझेदारी गर्ने, सार्वजनिक जग्गा पहिचान गरी बर्षमा एक हजार फलफूलका विरुवा रोप्ने, अतिक्रमित जग्गा संरक्षण गर्ने, सबै वडाका चोकमा सीसीटीभी क्यामेरा जडान गर्ने जस्ता कार्यक्रमहरु नगरपालिकाले अगाडि बढाएको छ ।
सो अवसरमा चालु आर्थिक वर्षसम्म नगरभरीमा ४.६ किलोमिटर कालोपत्रे सडक निर्माण भएको, ७.५ किलोमिट ग्राभेल, १.१ किलोमिटर इन्टरलक टायल बाटो निर्माण भएको, ५.४ किलोमिटर पक्की ढलनाला निर्माण भएको, वडा नम्बर २ वडा भवन, गुद्री बजार ट्रष्ट निर्माण, दुई वटा झोलुङ्गे पुल निर्माण भएको जानकारी दिएएको थियो ।
मेयर केदार भण्डारीले उद्घाटन गरेको नगरसभा नीति तथा कार्यक्रम पेश भएपछि आगामि २२ गते पुनः सभा बस्ने गरी स्थागित गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्ली राज निरौलाले जानकारी दिए ।

Tags: ७७ करोड रुपैयाआगामि आर्थिकइनरुवा नगरपालिकाबजेटवर्षको

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist