बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा सन्ध्याकालिन महाआरती सम्पन भएको छ । महा आरतीको मङलवार श्रावण १ गतेबाट औपचारिक रुपमा सुभारम्भ गरिएको थियो ।
बराहक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने उदेश्यले चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्या कालिन महा आरतीको शुभारम्भ गरिएको हो ।
बराहक्षेत्र नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको उक्त सन्ध्याकालिन आरती श्रावण महिनाभर हप्तामा दुई पटक शनिवार र आइतवार साझको ६ बजेबाट आयोजना गरिनेछ । श्रावण महिना पछि थप व्यवस्थितसंगै मिति परिमारजन गरेर सन्ध्याकालिन महा आरती कार्यलाई नितन्तता दिईने बराहक्षेत्र नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
शनिवार सम्पन् भएको आरती कार्यमा नगर प्रमुख रमेश कार्की , वडा नं १ का अध्यक्ष किसन थापा, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राई , सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका प्रमुख सशस्त्र प्रहरी निरिक्षक शंकर कुमार कोईरला सहित धार्मिक व्यक्तित्वहरु , श्रदालु भक्तजनहरुको सहभागिता रहेको थियो ।










Discussion about this post