• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रहरीबाटै असुरक्षित बालिका: प्रहरी जवानको दुर्व्यवहारको घटना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ साउन ६ गते, ११:३५ बजे प्रकाशित
in Uncategorized, अपराध खबर, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
प्रहरीबाटै असुरक्षित बालिका: प्रहरी जवानको दुर्व्यवहारको घटना
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सत्य सेवा सुरक्षणम भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको नेपाल प्रहरीले ऐतिहासिक कालदेखि नै जनताको सेवा र देशको रक्षा गर्दै आएकोमा दुई मत छैन्। तर, केही प्रहरीकाे कारणले अप्रत्याशित घटनाहरू बाहिरिन थालेपछि पछिल्लो समय सिंगो प्रहरी बदनाम हुन थालेको छ।
केही दिन यता सीमा प्रहरी चौकी हरिनगर गाउँपालिका स्थित बसन्तपुरमा कार्यरत प्रहरी जवान विजय पौद्वारले १५ वर्षकी छिमेकी बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडित बालिकाले जबर्जस्ती करणी सम्बन्धि जाहेरी दिने तयारीमा रहेको बताएकी छिन् ।
नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीमा दरबन्दी रहेका प्रहरी जवान पौद्वार सीमा प्रहरी चौकी हरिनगर गाउँपालिका स्थित बसन्तपुरमा कार्यरत छन्। उनले साउन १ गते केही दिनकाे लागि बिदा स्वीकृत गरी सीमा प्रहरी चौकी बसन्तपुर नजिकै घर भएको कक्षा ८ मा अध्ययनरत रहेकी बालिकालाई लिएर फरार भएकाे थियोे।
पीडित बालिकाको कथन अनुसार, पौद्वारले उनलाई हरिनगर गाउँपालिकामा रहेको शिव मन्दिरमा विवाह गरि आफुलाई माेटरसाईकलमा काठमाडौं लगेका थिए। बालिकाले बताएकी छिन् कि एक महिना अघि स्कुलबाट घर फर्किने क्रममा पौद्वारले डरत्रास देखाएपछि उनी त्रसित भएकी थिइन्।
बालिका घरबाट हराएको थाहा पाएपछि खोजीकार्य गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गरिएको थियो। प्रहरी जवान पौद्वारले बालिकाको आमालाई फाेन गरेर दहेज दिनु भनेपछि बालिकाको उद्धार सम्भव भएको थियोे। पौद्वारले बालिकालाई काठमाडौंबाट सुनसरी ल्याउने क्रममा उनलेे दिएको गुगल म्याप लाेकेसनकाे आधारमा भन्टावारी सम्म पुगिसकेको जानकारी दिएका थिए।
तर, पौद्वारले विभिन्न प्रलोभन दिएपछि भन्टाबारीदेखि लाैकहीकाे फुल चाैक सम्म आउने र फेरि दाइजो सहित विवाह गर्नुपर्ने सर्तमा आएको पीडित पक्षले बताएका छन्। प्रहरी जवान पौद्वार विवाहित रहेका र दुई सन्तानको बुवा समेत रहेको उनको परिवारिक स्रोतले जानकारी दिएको छ।
हाल प्रहरी जवान जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ। घटनालाई प्रचलित फाैजदारी संहिता र नेपाल प्रहरी ऐनको आधारमा कानूनी कारबाही गर्नुपर्ने छ। नेपालको प्रचलित फाैजदारी संहिताले जबर्जस्ती करणी लगायतका यौन हिंसाका घटनामा कडा सजायका व्यवस्था गरेको छ।
नेपाल प्रहरी ऐनले प्रहरी जवानको नैतिकता र आचरणका विषयमा स्पष्ट दिशा निर्देश गरेको छ। यस्ता घटनाहरूले सिंगो प्रहरी संगठनको गरिमामा आँच पुर्याउने हुनाले कडा कारबाही गर्नुपर्ने स्थानीय गाउँवासीहरूले बताएका छन्।
उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिलाउन सबै पक्षले सहयोग गर्नुपर्ने पीडित परिवारले आग्रह गरेका छन्। घटनामा संलग्न प्रहरी जवानलाई कानूनी कठघरामा उभ्याउन र पीडितलाई न्याय दिलाउनका लागि प्रहरी प्रशासनलाई सशक्त कदम चाल्नुपर्ने पीडित बालिकाको भनाइ रहेको छ।
नेपाल प्रहरी ऐन २०७१ को दफा ६६ मा प्रहरी जवानले गरिने जबर्जस्ती करणीको सजाय ५ वर्षदेखि ७ वर्षसम्मको कैद, जरिवाना, वा दुवै हुने व्यवस्था छ। साथै, पीडित बालिकाको उमेरलाई ध्यानमा राख्दै प्रचलित कानुन अनुसार, १५ वर्ष उमेरको बालिकासँग जबर्जस्ती करणी गरेमा १० वर्षदेखि १५ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।

Tags: अपराधिक घटनामाअसुरक्षित बालिका:दुर्व्यवहारकोप्रहरी जवानकोप्रहरीबाटै

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist