इनरुवा। सत्य सेवा सुरक्षणम भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको नेपाल प्रहरीले ऐतिहासिक कालदेखि नै जनताको सेवा र देशको रक्षा गर्दै आएकोमा दुई मत छैन्। तर, केही प्रहरीकाे कारणले अप्रत्याशित घटनाहरू बाहिरिन थालेपछि पछिल्लो समय सिंगो प्रहरी बदनाम हुन थालेको छ।
केही दिन यता सीमा प्रहरी चौकी हरिनगर गाउँपालिका स्थित बसन्तपुरमा कार्यरत प्रहरी जवान विजय पौद्वारले १५ वर्षकी छिमेकी बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडित बालिकाले जबर्जस्ती करणी सम्बन्धि जाहेरी दिने तयारीमा रहेको बताएकी छिन् ।
नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीमा दरबन्दी रहेका प्रहरी जवान पौद्वार सीमा प्रहरी चौकी हरिनगर गाउँपालिका स्थित बसन्तपुरमा कार्यरत छन्। उनले साउन १ गते केही दिनकाे लागि बिदा स्वीकृत गरी सीमा प्रहरी चौकी बसन्तपुर नजिकै घर भएको कक्षा ८ मा अध्ययनरत रहेकी बालिकालाई लिएर फरार भएकाे थियोे।
पीडित बालिकाको कथन अनुसार, पौद्वारले उनलाई हरिनगर गाउँपालिकामा रहेको शिव मन्दिरमा विवाह गरि आफुलाई माेटरसाईकलमा काठमाडौं लगेका थिए। बालिकाले बताएकी छिन् कि एक महिना अघि स्कुलबाट घर फर्किने क्रममा पौद्वारले डरत्रास देखाएपछि उनी त्रसित भएकी थिइन्।
बालिका घरबाट हराएको थाहा पाएपछि खोजीकार्य गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गरिएको थियो। प्रहरी जवान पौद्वारले बालिकाको आमालाई फाेन गरेर दहेज दिनु भनेपछि बालिकाको उद्धार सम्भव भएको थियोे। पौद्वारले बालिकालाई काठमाडौंबाट सुनसरी ल्याउने क्रममा उनलेे दिएको गुगल म्याप लाेकेसनकाे आधारमा भन्टावारी सम्म पुगिसकेको जानकारी दिएका थिए।
तर, पौद्वारले विभिन्न प्रलोभन दिएपछि भन्टाबारीदेखि लाैकहीकाे फुल चाैक सम्म आउने र फेरि दाइजो सहित विवाह गर्नुपर्ने सर्तमा आएको पीडित पक्षले बताएका छन्। प्रहरी जवान पौद्वार विवाहित रहेका र दुई सन्तानको बुवा समेत रहेको उनको परिवारिक स्रोतले जानकारी दिएको छ।
हाल प्रहरी जवान जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ। घटनालाई प्रचलित फाैजदारी संहिता र नेपाल प्रहरी ऐनको आधारमा कानूनी कारबाही गर्नुपर्ने छ। नेपालको प्रचलित फाैजदारी संहिताले जबर्जस्ती करणी लगायतका यौन हिंसाका घटनामा कडा सजायका व्यवस्था गरेको छ।
नेपाल प्रहरी ऐनले प्रहरी जवानको नैतिकता र आचरणका विषयमा स्पष्ट दिशा निर्देश गरेको छ। यस्ता घटनाहरूले सिंगो प्रहरी संगठनको गरिमामा आँच पुर्याउने हुनाले कडा कारबाही गर्नुपर्ने स्थानीय गाउँवासीहरूले बताएका छन्।
उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिलाउन सबै पक्षले सहयोग गर्नुपर्ने पीडित परिवारले आग्रह गरेका छन्। घटनामा संलग्न प्रहरी जवानलाई कानूनी कठघरामा उभ्याउन र पीडितलाई न्याय दिलाउनका लागि प्रहरी प्रशासनलाई सशक्त कदम चाल्नुपर्ने पीडित बालिकाको भनाइ रहेको छ।
नेपाल प्रहरी ऐन २०७१ को दफा ६६ मा प्रहरी जवानले गरिने जबर्जस्ती करणीको सजाय ५ वर्षदेखि ७ वर्षसम्मको कैद, जरिवाना, वा दुवै हुने व्यवस्था छ। साथै, पीडित बालिकाको उमेरलाई ध्यानमा राख्दै प्रचलित कानुन अनुसार, १५ वर्ष उमेरको बालिकासँग जबर्जस्ती करणी गरेमा १० वर्षदेखि १५ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।
Discussion about this post