• pradeshpoint
  • Pradeshpoint
Saturday, April 18, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अम्बे कोसी सहकारी ठगीमा सुनसरी कांग्रेसका नेतासहित सैत्तिस जना फरार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ अशोज १० गते, १७:५४ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, स्थानीय खबर
अम्बे कोसी सहकारी ठगीमा सुनसरी कांग्रेसका नेतासहित सैत्तिस जना फरार
17
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारीको रकम ठगीमा नेपाली काग्रेस सुनसरीका नेतासहित सैत्तिस जना फरार रहेको पाइएको छ ।
सुनसरी जिल्ला अदालत इनरुवामा जिल्ला न्याघिवक्ताको कार्यालय सुनसरीले दायर गरेको सहकारी रकम ठगी मुद्धा नेपाली काग्रेस सुनसरीका नेता महाधिवेशन प्रतिनिधि रेवतिरमण दुलालसहित सैत्तिस जना फरार भएका हुन् ।
दुलाल २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ४ क बाट नेपाली काग्रेसको उम्मेदवार बनेका थिए । उनी उपर दायर भएको मुद्धामा बिना धितो १ करोड ३१ लाख ३२ हजार पाँच सय रुपैयाँ बिना धितो ऋण लिएर ठगी गरेको अभियोग दर्ता गरिएको छ ।
दुलालसगै अम्बे कोसी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ रकम ठगी गरेको अभियोगमा फरार हुनेमा देवेन्द्र बस्नेत, मीनकुमार मगर, भोजकुमार पुलामी मगर, किरण आले, हिरा कुमारी मगर, बद्रीप्रसाद रेग्मी रहेका छन ।
यसैगरि फरार हुनेमा नगेन्द्र गुरुङ, सुमन भण्डारी, अमित राई, लीला खड्का, अशोक राई, एकराज पहाडी, धनबहादुर मगर,धनुषा पराजुली (बस्नेत) भन्ने धन कुमारी पराजुली, दीपेश राई, क्षितिज राई र कोरवर्ट कुमार श्रेष्ठ रहेका छन् ।
फरार हुनेमा सम्झना कार्की, रमेश पौडेल, टिकाराम भट्टराई, हरि बहादुर खड्का, मनोज अधिकारी, नवीन पौडेल, राम प्रवेश शाह, यशोदा पौडेल, रुद्रबहादुर पौडेल, पशुपति श्रेष्ठ, पूर्णबन्धु न्यौपाने, शान्ता पौडेल, हेमु श्रेष्ठ, गंगाचरण शाह तेली, सुनिता समाल मगर, विष्णु कुमार वि.क र लीला कार्की रहेका छन् ।
फरार सुचीमा रहेका सवैजना सुनसरी मोरङमा विभिन्न क्षेत्रमा आवद्ध रहेका व्यत्तीहरु हुन । उनीहरु सार्वजनिक कार्यक्रमसहित विभिन्न क्रियाकलापमा खुल्ला रुपमा हिडिरहेको पाइएको छ ।
सहकारी ठगी अभियोगमा मुद्धा दर्ता भएकाहरु राजनीतिक पहुँचका भरमा खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रका सासंद तथा नेपाली काग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निकट मानिएका दुलाल त्यस बेला नेकपा एमालेका जगदीश प्रसाद कुसियतसँग पराजित भएका थिए ।
सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टी घर भई इटहरी उपमहानगर ६ बस्ने ५० वर्षीय दुलालले सहकारीमा पाँच लाख ४१ हजार ३० रुपैयाँ व्याज बुझाउनुपर्ने देखिएको छ ।
सहकारीमा उनको १० हजार १४ रुपैयाँ बचत रहेको प्रहरीले दायर गरेको मुद्दामा उल्लेख छ । उक्त सहकारीमा दुलालको दुई लाख ५६ हजार आठ सय रुपैयाँ बराबरको शेयर रहेको अभियोग पत्रमा उल्लेख छ ।
अम्बे कोसी सहकारीका सञ्चालकहरू राहुल अग्रवाल १० लाख, कुमार आले र शिलादेवी गजमेर पाँच लाख धरौटी बुझाएर छुटेका छन् ।
यसैगरि सागर राई १५ लाख, टेकबहादुर चर्मकार तीन लाख, विमला चौधरी मैनाली एक लाख, सुजन चौधरी दुई लाख र सागर चौधरी सात लाख धरौटी बुझाएर छुटेका छन् ।
यस्तै आशिका राई दुई लाख, कृष्ण बहादुर कटुवाल तीन लाख ५० हजार, तारामान सिरिङ लिम्बु दुई लाख र चन्द्रकुमार गेलाल एक लाख धरौटी बुझाएर छुटेका छन् ।
यसै गरी तारा राई एक लाख ६५ हजार, भूमिप्रसाद आचार्य एक लाख, खड्ग कोइराला पाँच लाख, शम्भु दाहाल एक लाख ९५ हजार, चूडामणि निरौला एक लाख ७० हजार र भुवन कुमार राउतले एक लाख ५० हजार धरौटी बुझाएका छन् ।
इटहरीमा मुख्य कार्यालय रहेको अम्बे कोसी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले दुलाल सहित ५६ जना विरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सहकारकिा अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि कारागार चलान भैसकेका छन् भने दुलाल सहित आधा भन्दा बढी व्यक्तिहरू अझै फरार छन् । उनीहरू विरुद्ध प्रहरीले गत पुस १२ गते मुद्दा दर्ता गरेको थियो । फरार सूचिमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्न खोजी तीव्र पारेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।
यसअघि सञ्चालकहरू पक्राउ पर्नुअघि सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै बचतकर्ताहरू दुई महिना देखी आन्दोलित बनेका थिए । उनीहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सहकारीका सञ्चालकहरूको घर घेराउ समेत गरेका थिए ।
पाँच हजार बढी सेवाग्राहीहरू रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर कारोबार गर्दै आएको थियो ।
नेकपा एमालेकी केन्द्रिय सदस्य रहेकी अमृता सुब्बाले पाँच लाख धरौटी बुझाएर छुटेकी छन् । प्रहरीले नियन्त्रणमा नलिईकन उनी सिधै सुनसरी जिल्ला अदालतमा हाजिर भएर ५ लाख रुपैयाँ धरौटीमा छुटेकी हुन ।
सुब्बा राष्ट्रिय सहकारी महासङ्घ तथा राष्ट्रिय सहकारी बैक सञ्चालक सदस्य पनि हुन । उनी इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको पूर्व अध्यक्ष समेत हुन ।

Tags: अम्बे कोसीकाग्रेसकाठगीमानेतासहितफरारसहकारीसुनसरीसैत्तिस जना

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist