काठमाडौँ । आजदेखि यमपञ्चक सुरु भएसँगै काठमाडौँको कल्लाबारी क्षेत्रमा रहेका पुष्प किसान सयपत्री टिप्न र माला गाँस्न व्यस्त छन् । इचङ्गु र रामकोट क्षेत्र अहिले सयपत्री, गोदावरी र अन्य फूल फुलेर पाखाहरू निकै सुन्दर देखिएका छन् । किसान पनि बिहानैदेखि बारीमा गएर फूल टिप्न मै व्यस्त छन् ।
काठमाडौँ उपत्यकाका सीमित स्थानमा हुने पुष्प खेती मध्येको केन्द्रको रूपमा रहेको कल्लाबारी क्षेत्रमा व्यापारिक साथै उपभोक्ताहरू बारीमै पुगेर फूल किन्ने गर्छन् । यहाँ उत्पादित फूलहरू काठमाडौँ उपत्यकाभित्रै खपत हुने गर्छन् ।
अरू समयमा पनि फूल व्यवसायमा व्यस्त हुने यहाँ किसानको व्यस्तता तिहारको समयमा अझै बढ्ने गर्छ । यो वर्ष पनि काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको छ ।
प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धनको व्यवस्था गरिएको मेयर बालेन साहले फेसबुकमा स्ट्याटस लेख्दै जानकारी दिएका छन् ।
‘गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ । स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नु हुनेछ। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ |
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post