• pradeshpoint
  • Pradeshpoint
Thursday, April 30, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

साउदी अरबमा मृतक नेपाली श्रमिकका परिवारलाई १४ वर्षपछि GOSI रकम: सुनसरीका ८ जनाको जीवनमा राहत

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ कार्तिक २८ गते, १६:११ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरीमा दोस्रो सीमा पैदल यात्रा सुरुआत
65
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/सुनसरी – साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा बीमा (GOSI) रकम प्राप्त गर्ने प्रक्रिया पुनः सुरु भएको छ। उक्त प्रक्रिया अन्तर्गत, १४ वर्षअघि साउदी अरबमा कार्य दुर्घटनामा मृतक भएका नेपाली श्रमिकका परिवारलाई GOSI रकम प्राप्त गर्ने अवसर प्रदान गरिएको छ। साउदी अरबमा केही वर्ष अघि मृत्युु भएका सुनसरीका ८ जनाका परिवारका लागि तत्काल सामाजिक सुरक्षा बीमा (GOSI) रकम आउने भएपछि उनीहरूकाे परिवारमा केही राहत र आशाको किरण पलाएको छ।सुनसरीको इनरुवा स्थित सुरक्षित आप्रवासन केन्द्रका परामर्शदाता सुमन राय र अनुप्रिया स्वर्णकारले GOSI रकम प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनीहरूले बताएअनुसार नेपाल सरकार र साउदी अरबस्थित दूतावासको सक्रिय समन्वयका कारण १४ वर्षअघि साउदी अरबमा कार्य दुर्घटनामा मृतक भएका नेपाली श्रमिकका परिवारलाई अब GOSI रकम प्राप्त हुने बताए ।
सुरक्षित आप्रवासन केन्द्रका परामर्शदाता सुमन रायले भने, “यो प्रक्रिया केही समयको लागि ढिला भएको थियो, तर अहिले सामाजिक सुरक्षा रकम प्राप्ति प्रक्रिया पुनः सक्रिय भएको छ। यसका लागि हकवाला व्यक्तिहरूलाई समयमै कागजातहरू तयार राख्न र सम्बन्धित निकायसँग समन्वय गर्न महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने छ।”
त्यसैगरी परामर्शदाता अनुप्रिया स्वर्णकारले भने, “GOSI रकम प्राप्त गर्नका लागि सबै कागजात समयमै बुझाउनु अत्यन्त आवश्यक छ। हाल, सुनसरीका केही परिवारहरूले कागजात तयार पार्न र दूतावाससँग समन्वय गर्न सकेको खण्डमा, उनीहरूको रकम प्राप्त गर्ने संभावना उच्च रहेको बताइन् ।”
यता साे प्रक्रिया अन्तर्गत, हरिनगर गाउँपालिकाका बद्री सरबरिया (मण्डल), नजाम अंसारी, धरान उपमहानगरपालिकाका केशव चौधरी, जनक चौधरी, दुहबी नगरपालिकाका इद्रिश मियाँ, रामधुनी नगरपालिकाका बुधनारायण चौधरी, र राजिन चौधरीले अब GOSI रकम प्राप्त गर्नेछन्। भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको र आप्रवासी स्रोत केन्द्र सुनसरी इनरुवाले जानकारी दिएको छ।
उता साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको वैदेशिक रोजगारको यात्रामा न केवल कठिनाइहरूको सामना गर्नु पर्छ, तर कहिलेकाहीं अत्यन्तै दुःखद घटनाहरू पनि घट्छन्। यस्तै, १४ वर्षअघि कार्य दुर्घटनामा मृतक भएका श्रमिकहरूको परिवारलाई GOSI रकम प्राप्त गर्नका लागि यो प्रक्रिया अझ महत्त्वपूर्ण छ। यससँगै, वैदेशिक रोजगारमा जाँदा उत्पन्न हुने जोखिम र दुर्घटनाहरूको मर्मस्पर्शी वास्तविकता पुनः उजागर भएको छ।
नेपाली श्रमिकहरू प्रायः साउदी अरबजस्ता देशहरूमा कठिन परिस्थितिमा काम गर्दै आएका छन्, जहाँ उनीहरूको सुरक्षा र कामकाजी अवस्था प्रायः चुनौतीपूर्ण हुन्छ। विगतका वर्षहरूमा दुर्घटनामा परेका श्रमिकहरूको परिवारलाई उचित मुआब्जा र सामाजिक सुरक्षा रकम प्राप्ति प्रक्रिया निकै लामो र जटिल भएको थियो, जसका कारण कतिपय परिवारहरूले आर्थिक समस्यामा पर्दै आएका थिए।सुरक्षा उपायहरूको अभाव र कामका दौरानको उच्च जोखिमका कारण नेपाली श्रमिकहरूले दैनिक जीवनमा कठिनाइहरूको सामना गर्नुपरेको छ। उदाहरणका लागि, साउदी अरबमा एक नेपाली कामदारको मृत्युलाई लिएर १४ वर्षपछि उनको परिवारलाई GOSI रकमको प्रक्रिया थालिएको छ। यस प्रकारका घटनाले वैदेशिक श्रम प्रवाह र श्रमिक सुरक्षा नीति सुधारको महत्त्वलाई पुनः औंल्याउँछ।
यता नेपाल सरकार र साउदी अरबको दूतावासले समय-समयमा गम्भीर घटनाहरूको समाधानका लागि महत्त्वपूर्ण कदम उठाएका छन्। उक्त प्रक्रियामा शीघ्र कागजात व्यवस्थापन र समन्वयका लागि दूतावासले सम्बन्धित परिवारसँग सम्पर्क गर्न अनुरोध गरेको छ। साउदी अरबमा कार्य दुर्घटनामा घाइते वा मृतक भएका नेपाली श्रमिकका परिवारलाई आर्थिक राहत पुर्याउने उद्देश्यले हालसम्म ४५० वटा केसहरूमध्ये २३६ वटा केस स्वीकृत भइसकेका छन्।
त्यसैगरी नेपाल सरकारले यो प्रक्रिया मार्फत वैदेशिक श्रमिकहरूको कल्याण र सुरक्षा सुनिश्चित गर्ने आफ्नो निरन्तर प्रयासलाई अझ प्रभावकारी बनाउन काम गरिरहेको छ। GOSI रकम जस्ता सामाजिक सुरक्षा योजनाहरूको कार्यान्वयनले नेपाली श्रमिकहरूको जीवनस्तर सुधार्न र उनीहरूको परिवारलाई आर्थिक सहयोग पुर्याउने भएका छन् ।

Tags: १४ वर्षपछि GOSI रकम:८ जनाकोजीवनमानेपाली श्रमिककापरिवारलाईमृतकराहतसाउदी अरबमासुनसरीका

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist