अजितकुमार झा/इनरुवा । देश भरकै शक्ति पिठ मध्यैको एक हो सप्तरी स्थित छिन्नमस्ता गाउँपालिका–३ मा रहेको छिन्नमस्ता(सखडा) भगवती मन्दिर शक्तिशाली पीठकाे रूपमा चिनिन्छ ।
छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठ मध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका आम जनमानसको ठुलो आस्था रहेको छ । छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठ मध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनको बोका, भेंडा, परेवा, हाँस र खस्सी बलि प्रदान हुने दिनहुँ घुइँचो लाग्ने गरेको मूल पूजारी महानन्द ठाकुरको भनाई रहेको छ ।
यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी खस्सी र बोकाको बली प्रदान हुने गरेको छ । तर पछिल्लो समय बली प्रदान गरेको खस्सी र बोका बनाई दिएबात सप्तरी छिन्नमस्ता गाउँपालिका–३ का प्रमोद पण्तिले मासिक रुपमा ३ लाख ७५ हजार आम्दनी गर्दै आएका छन् ।
पण्डितले मन्दिरमा दैनिक रुपमा बली प्रदानका लागि आउने खस्सी बोका बनाउनका लागि एउटा छुट्टै स्थान स्थापना गरेर मासिक रुपमा ३ लाख ७५ हजार आम्दनी गर्नका लागि सफल हुनु भएको छ ।
मन्दिरमा आउने माध्यै दैनिक रुपमा ३० वटा देखि ३५ वटा सम्म बोका र खसी बनाउने गरेको प्रमोदले जानकारी दिनुभयो । एउटा खसी वा बोका बनाए बापत प्रमोदले ५ सय रुपैया लिने गरेको छ ।
१० जना सहयोगीको सहरामा प्रमोदले दैनिक रुपमा ३५ वटा सम्म खस्सी बोका बनाउदै आएको छ । जसबाट प्रमोद पण्डितलाई बसी बोका बनाए बापत दैनिक रुपमा १७ हजार ५ सय हुदै आएकोमा १० जना सहयोगीलाई दैनिक ५ सय रुपैयाँको दरले ५ हजार रुपैयाँ दिदै आउनुभएको र १२ हजार ५ सय रुपैयाँ बचत हुने गरेको उहाँले राससकर्मीलाई जानकारी दिनुभयो ।
दैनिक रुपमा १२ हजार ५ सय रुपैयाँ हुने गरेको र मासिक रुपमा ३ लाख ७५ हजार रुपैयाँ सम्म आम्दनी गर्दै आएको पण्डितको भनाई रहेको छ । मन्दिरमा भक्तजनले गरेको भाखल वा अन्य कुनै कार्यमा सफलता प्राप्त गरेपछि बसी बोका चढाउनका लागि आउने गरेको र भक्तजनले घरमा बनाउनु भन्दा यहाँ बनाउन बढी मात्रामा आउने गरेका कारणले राम्रै आम्दनी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
एका बिहानै मन्दिर खुल्ने साथ आएर दैनिक रुपमा यही कार्यमा ब्यस्त हुने गरेको उहाँको भनाई रहेको छ । यसैबाट आएको आम्दनीले घर परिवार चलाउनुका साथै केटाकेटीलाई राम्रो शिक्षा दिनका लागि समेत सफल भएको प्रमोदले बताउनुभयो ।
आफूहरुको अहिले दैनिकी समेत यसैमा बित्ने गरेको उहाँले बताउनुभयो । मानिस रोजगारीका लागि भौतारी रहेका बेलामा आफूलाई रोजगारी र आम्दनीको भने खासै चिन्ता नरहेको उहाँको भनाई रहेको छ ।
यहाँ सप्तरी, सिरहा, सुनसरी, धनुषा, मोरङ, उदयपुर लगायत नेपाल तथा भारतको बिहार राज्यबाट श्रद्धालु भक्तजन पुजा पाठ गर्न र बली चढाउनका लागि आउने गरेको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post