• pradeshpoint
  • Pradeshpoint
Friday, April 17, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मोरङ र सुनसरी: गाँजाको ‘ट्रान्जिट पोइन्ट’

तस्करी रोक्न प्रहरीका प्रयास जारी, तर समस्या ज्यूँका त्यूँ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ पुस १८ गते, २०:४६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
मोरङ र सुनसरी: गाँजाको ‘ट्रान्जिट पोइन्ट’
18
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । काेशी प्रदेश स्थित मोरङ र सुनसरीका सीमावर्ती क्षेत्र गाँजा तस्करीका लागि ट्रान्जिट पोइन्टको रूपमा विकसित हुँदै गइरहेका छन्। प्रहरीको सक्रियताका बावजुद गाँजा तस्करीको शृंखला भने रोकिएको छैन्।

यता मंगलबार मोरङ प्रहरीले भारत तस्करीको तयारीमा रहेको १५५ केजी गाँजा बोकेको स्कारपियो र दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–१२ का २४ वर्षीय राहुल बिश्वकर्मा र धनकुटा सहिदभूमि गाउँपालिका–६ का १९ वर्षीय सुरज राई रहेका छन्। राहुल चालक हुन् भने सुरज स्कारपियोमा सवार थिए।

यसअघि, सशस्त्र प्रहरी बल सुनसरीले भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रबाट १४८ केजी गाँजा बरामद गरेको थियो। तस्करीमा संलग्न गिरोहले सडेको तरकारीका बीचमा गाँजा लुकाएर तस्करी गर्न खोजेको पाइएको थियो।

त्यसैगरी धनकुटा, भोजपुर, र उदयपुरबाट उत्पादन हुने गाँजालाई तस्करी गर्न गाडी प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले नेपाल–भारत सीमाबाट गाँजा भारततिर पठाउने क्रम जारी छ। भारतमा गाँजाको मूल्य प्रतिकिलो १५–२० हजार रुपैयाँसम्म पर्ने भएकाले यो तस्करी आर्थिक रूपमा अत्यधिक लाभदायक मानिन्छ।

यता सुनसरी र मोरङका प्रहरी प्रमुखहरूका अनुसार गाँजा तस्करी नियन्त्रणमा चुनौतीपूर्ण बनेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजन अधिकारीका अनुसार, भारतीय तस्करहरू नेपाली भूमिमा खेती गर्न र नेपाली नागरिकलाई भरिया बनाउन सक्रिय छन्।

उनका अनुसार, किसानहरूले थोरै रकम पाएर खेत भाडामा दिन तयार हुने र गरिबीका कारण युवा कामदार भरियाको रूपमा प्रयोग हुने गरेका छन्। यो सञ्जाललाई जडदेखि उखेल्न कठिन भएको प्रहरीको ठम्याइ छ।

त्यस्तै मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, गोप्य सूचनाका आधारमा निगरानी बढाएर ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिन सफल भएको छ। तर, तस्करहरूले नयाँ–नयाँ तरिका अपनाउँदै आएका कारण यसलाई पूर्ण रूपमा रोक्न कठिन भइरहेको छ।

डीआईजी अधिकारीका अनुसार, गाँजालाई प्रशोधन गरी चरेस र औषधिमा समेत प्रयोग हुने भएकाले यसको माग उच्च छ। बारीमा प्रतिकिलो २,५००–४,००० रुपैयाँ पर्ने गाँजा भारत पुग्दा ३०,००० रुपैयाँभन्दा महँगोमा बिक्री हुने गरेको छ।

Tags: ‘ट्रान्जिट पोइन्टगाँजाकोज्यूँका त्यूतरतस्करी रोक्नप्रयास जारीप्रहरीकामोरङ र सुनसरी:समस्या

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist