• pradeshpoint
  • Pradeshpoint
Thursday, January 29, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

पूर्व मेयर शिवाकोटीमाथि जबरजस्ती करणीको आरोप, प्रहरीले अनुसन्धान सक्यो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ पुस १९ गते, १०:५० बजे प्रकाशित
in FEATURE, अपराध खबर, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
पूर्व मेयर शिवाकोटीमाथि जबरजस्ती करणीको आरोप, प्रहरीले अनुसन्धान सक्यो
11
SHARES
Share on FacebookShare on Twitter

बिर्तामोड – घरेलु कामदारको रूपमा राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी अस्पतालमा रहेका बेला प्रहरी अनुसन्धान पूरा भएको छ।

प्रहरीले उनलाई २४ मंसिरमा पक्राउ गरेको दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा राखिएको जनाइएको छ। प्रहरीका अनुसार शिवाकोटीमाथि अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, झापामा रायसहितको प्रतिवेदन बुझाइएको छ।

अनुसन्धान सकियो, वकिलको कार्यालयमा प्रतिवेदन
जिल्ला प्रहरी कार्यालय झापाकी सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङका अनुसार, “अनुसन्धान प्रतिवेदन बुझाइएको छ, र सरकारी वकिलबाट अध्ययन भइरहेको छ।” बालिकाको बयानका आधारमा शिवाकोटीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ।

यता सीमा क्षेत्रमा चेलिबेटी बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था ‘किन नेपाल’ले बालिकालाई शंकास्पद अवस्थामा फेला पारेको थियो। कलेज ड्रेसमै रहेकी बालिकाले संस्थाका प्रतिनिधिहरूसँग पूर्व मेयर शिवाकोटीको घरमा घरेलु कामदारको रूपमा राखिएको र आफूलाई पटकपटक करणी गरिएको बताएकी थिइन्।

बालिकाले इलाका प्रहरी कार्यालय, धुलाबारी र अनारमनी दुवै ठाउँमा समान बयान दिएपछि शिवाकोटीलाई पक्राउ गरिएको थियो। प्रहरीका अनुसार बालिकाको आमा भारतको आसाममा बस्छिन् भने बुबा छैनन्। घरको काम गरिदिने र पढाइदिने शर्तमा बालिकालाई घरेलु कामदारका रूपमा राखिएको तर शिवाकोटीले करणी गरेको आरोप छ।

त्यसैगरी शिवाकोटी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

उता पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएकाले उनलाई अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ। अस्पतालमा रहेकै अवस्थामा प्रहरीले उनको बयान लिएको थियो। भने सरकारी वकिल कार्यालयले अब यस मुद्दामा थप प्रक्रिया अगाडि बढाउने जनाएको छ।

 

Tags: अनुसन्धान सक्योआरोपजबरजस्ती करणीकोपूर्व मेयरप्रहरीलेशिवाकोटीमाथि

Related Posts

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन
FEATURE

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
0

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन राष्ट्रिय सूचना आयोगले सबै...

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ
FEATURE

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
0

इनरुवा । मोरङको रंगेलीमा रेडबुल किन्दै सुरु भएको शंका प्रहरीसम्म पुग्दा नक्कली नोटको जालो खुलेको छ। एक हजारको जस्तो देखिने...

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist