इनरुवा। नापी कार्यालय सुनसरीका कर्मचारीहरूको लापर्वाहीले सेवाग्राहीलाई समस्या पुर्याइरहेको छ। नक्सा बनाउने क्रममा जग्गा आकार घटाउने, काम समयमा नगर्ने, र अन्य त्रुटीहरूको कारण सेवाग्राहीलाई असहज स्थिति भोग्नु परेको छ। उदाहरणका लागि, २२ फिट चौडाईको जग्गा १७ फिट मात्र रहेको भन्दै नक्सामा गलत जानकारी दिनु र पछि आकार घटाउने जस्ता घटनाहरू प्रकाशमा आएका छन्।
सेवाग्राहीहरूले नापी कर्मचारीहरूको इमानदारी र समयपालनामा विश्वास गर्दै आफ्नो काम गर्ने प्रयास गर्छन्, तर कर्मचारीको लापर्वाहीले उनीहरूलाई समस्यामा पार्ने गरेको पाइएको छ। नेपाल खेलापढी व्यावसायी एसोसिएसन, सुनसरीका कोषाध्यक्ष प्रताप भट्टराईले भने, “नापी कार्यालयका कर्मचारीहरूको काम गर्ने शैली र नियमका कारण सेवाग्राहीलाई सास्ती भोग्नु परेको छ।” भट्टराईका अनुसार, समयमा काम नगर्ने, नक्सा बिगार्ने, र घटबढ गरिदिने जस्ता समस्याले सेवाग्राहीलाई झनै अप्ठ्यारो पारेको छ।
नापी कार्यालयका प्रमुख हरेराम यादवले भने, “कर्मचारीको लापर्वाही भएको छैन। केही प्राविधिक कारणले त्रुटी भएका हुन्। यी समस्याहरूलाई सच्याएर अगाडि बढ्नेछौं।” यादवले यसबारे थप सहजिकरण र समाधानको आश्वासन दिएका छन्।
तर, दर्जनौं सेवाग्राहीहरूले नक्सामा आकार कम गर्ने घटनामा कर्मचारीहरूको नियतमा शंका व्यक्त गरेका छन्। स्थानीय सेवाग्राही गोपाल यादवका अनुसार, नापी कर्मचारीहरूको काममा गडबडीको कारण केही समस्याहरू बढ्न थालेका छन्।
यस समस्याको समाधानका लागि कर्मचारीको जिम्मेवारी र पेशागत इमानदारीमा सुधार आवश्यक देखिएको छ।










Discussion about this post