विराटनगर – कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई श्रव्यदृश्य उत्पादनका सामग्री (क्यामेरा र अडियो रेकर्डर) हस्तान्तरण गरेको छ। माघ ९ गते, आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव कमल थापाले उक्त सामाग्रीहरु प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै सचिव कमल थापाले कोशी प्रदेश प्रहरी कार्यालयको सचेतना अभिवृद्धि तथा समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरुलाई थप टेवा पुर्याउन उक्त सामग्री महत्वपूर्ण हुने बताए। उनले आगामी दिनहरुमा यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले उक्त सामग्रीले जनचेतनामूलक कार्यक्रमहरुको प्रभावकारिता बढाउने उल्लेख गर्दै, सामग्री हस्तान्तरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई धन्यवाद दिएका थिए। उनले सामाजिक संजाल, रेडियो र टेलिभिजनमार्फत जनचेतनाको प्रसारमा थप गति ल्याउने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा मन्त्रालयका अन्य पदाधिकारी र प्रहरी अधिकृतहरुको उपस्थिति थियो।










Discussion about this post