काठमाडौँ – नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापी सहित क्यान्सर रोगको अत्याधुनिक उपचार सेवा सुरु भएको छ। सञ्चालक तथा संघीय सांसद डा. सुनिल शर्माले ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा नयाँ भवन र अत्याधुनिक प्रविधि सहित क्यान्सर उपचारको यो सेवा शुरु भएको जानकारी दिएका छन्।
कलेजको क्यान्सर उपचारमा प्रयोग हुने उपकरणहरूमा ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटी जस्ता उन्नत प्रविधिहरू रहेका छन् जसले शल्यक्रियाविना नै क्यान्सर सेललाई नष्ट गर्न सक्षम बनाउँछ। यसका साथै, आईजी आरटी, आईएम आरटी र भीएम एटी जस्ता प्रविधिहरूले क्यान्सरको सेललाई लक्षित गरेर सामान्य शरीरका कोशिकामा कुनै क्षति नगरी उपचार प्रदान गर्न मद्दत गर्छ।
ब्राकी थेरापी प्रविधिले पनि बिना कुनै पीडा शरीरको भित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने कार्य गर्दछ।
यस कलेजमा क्यान्सर उपचारका लागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमोथेरापी, शल्यक्रिया र भर्नागरी उपचारका सेवा उपलब्ध छन्। साथै, रेडिएसन थेरापीको सुविधा पनि उपलब्ध गराइएको छ।










Discussion about this post