चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४, चिरौलीस्थित शिव मन्दिरमा शिव महादेवको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा महोत्सव अन्तर्गत भोली मिति २०८१ साल फाल्गुन २ गते, शुक्रबार बिहान ८:०० बजे भव्य कलशयात्रा आयोजना गरिने भएको छ।
कलशयात्रा चिरौली चौकस्थित शिव मन्दिरबाट सुरू भई सुनसरी खोलामा जल भरि पुनः मन्दिर प्राङ्गणमा फर्कनेछ। यस महत्वपूर्ण धार्मिक कार्यक्रमलाई भव्य बनाउन भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सम्पूर्ण गाउँवासी तथा गाउँपालिका अन्तर्गतका कर्मचारीहरूलाई बिहान ८ बजे कलशयात्रामा सहभागिता जनाउन निर्देशन दिएका छन्।
त्यसैगरी पालिका अध्यक्ष आजादले चिराैली चाैक वरिपरि सरसफाइ गर्न आग्रह गर्दै ऐतिहासिक धार्मिक उत्सवलाई सभ्य, सुन्दर र भव्य बनाउन सबैको योगदान आवश्यक रहेको बताए।
शिव महादेवको मूर्ति प्राण प्रतिष्ठा महोत्सवलाई सफल बनाउन श्री शिव मन्दिर संरक्षण तथा सम्बर्धन समिति, भोक्राहा नरसिंह-४, चिरौली को विशेष पहल रहेको छ। आयोजक समितिले गाउँका सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन अनुरोध गरेको छ।










Discussion about this post