• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारीद्वारा लखेटियो

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ फाल्गुन ११ गते, २२:२८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारीद्वारा लखेटियो
29
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम – धनुषाको विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई कार्यरत कर्मचारीहरूले लखेटेका छन्। आइतबार दलबलसहित कार्यालय प्रवेश गर्न खोजेपछि कर्मचारीहरूले उनलाई गेट नपुग्दै रोक लगाउँदै लखेटेका हुन्।

नगरपालिकाका नगर प्रमुख बेचन दाससँग लामो समयदेखि विवाद रहेका अधिकृत साहलाई कार्यालय प्रवेशमा अवरोध गरिएको हो। कर्मचारीहरू ‘ईन्जिनीयर दीपेन्द्र कुमार साह फिर्ता जाऊ’, ‘भ्रष्ट हाकिम दीपेन्द्र साह फिर्ता जाऊ’ भन्ने नारासहित उनको विरोधमा उत्रिएका थिए।

कर्मचारीको तीव्र विरोधका बाबजुद प्रमुख प्रशासकीय अधिकृत साह मोटो सुरक्षाबीच कार्यालय छिर्ने प्रयास गर्दै नेता शैलीमा हात हल्लाउँदै अघि बढेका थिए। तर, कर्मचारीहरूले उनलाई अवरोध गरेपछि सुरक्षाकर्मीको सहयोगमा उनी कार्यालयबाट बाहिरिन बाध्य भएका छन्।

नगर प्रमुख दाससँगको विवादपछि कार्यालयमा कार्यरत कर्मचारीहरू समेत नगर प्रमुखको समर्थनमा उभिएका छन्। कर्मचारीहरूले अधिकृत साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनको कार्यकाल विवादास्पद रहेको आरोप लगाएका छन्।

नगर प्रमुख बेचन दास र प्रमुख प्रशासकीय अधिकृत साहबीच विभिन्न विकास आयोजनाको बजेट तथा प्रशासनिक निर्णयहरूलाई लिएर विवाद रहँदै आएको थियो। नगरपालिकाका स्रोतका अनुसार अधिकृत साहले नगर प्रमुखलाई बाइपास गर्दै कर्मचारी तथा अन्य निकायहरूसँग सम्पर्क बढाउँदै आएका थिए, जसले नगरपालिकाभित्र असहज वातावरण सिर्जना गरेको थियो।

नगर प्रमुखलाई कमजोर बनाउने उद्देश्यले अधिकृत साहले विभिन्न नीतिगत निर्णयहरूमा अवरोध गर्दै आएका कारण कर्मचारीहरू उनको विरुद्ध उभिन पुगेका हुन्। कार्यालयमा उनले कर्मचारीहरूलाई अनावश्यक दबाब दिने, दुव्र्यवहार गर्ने र मनोमानी निर्णय लाद्ने गरेको आरोप कर्मचारीहरूले लगाएका छन्।

नगरपालिकाका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत साहको बहिर्गमनको माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले उनको नियुक्ति फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, “साहले नगरपालिकालाई व्यक्तिगत स्वार्थको केन्द्र बनाएका छन्। हामी नगरपालिकामा राम्रो वातावरण चाहन्छौं, उनी फर्केर आउनु हुँदैन।”

यता, प्रमुख प्रशासकीय अधिकृत साहले भने आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन्। उनले नगरपालिकामा आर्थिक अनुशासन कायम गर्ने क्रममा आफूलाई योजनाबद्ध रूपमा फसाइएको दाबी गरेका छन्।

फिल्मी शैलीमा बाहिरिएका साह

कार्यालय प्रवेशमा असफल भएपछि अधिकृत साह जमिनमा टाउको ढोगेर फर्किएका थिए। उनका सहयोगीहरूले घटनालाई सामान्य बनाउने प्रयास गरे पनि कर्मचारीहरूको आक्रोश साम्य हुन सकेन।

नगर प्रमुख दासले भने यो घटनाबारे विस्तृत जानकारी गराइने बताउँदै नगरपालिकाभित्रको असन्तुष्टि समाधान गर्न प्रयास गरिने बताए। तर, उनले कर्मचारीहरूको भावना विपरीत कुनै निर्णय नगरिने स्पष्ट पारे।

यस घटनाले विदेह नगरपालिकाको प्रशासनिक अवस्था थप जटिल बनाएको छ। यदि प्रमुख प्रशासकीय अधिकृत साहले पुनः कार्यालय प्रवेश गर्न खोजे भने कर्मचारीहरूले थप आन्दोलन चर्काउने संकेत गरेका छन्।

नगरपालिकाभित्र देखिएको यो संकट समाधान गर्न प्रदेश सरकार र अन्य सम्बन्धित निकायहरूको पहल आवश्यक देखिएको छ।

Tags: अधिकृतलाईकर्मचारीद्वाराप्रमुख प्रशासकीयलखेटियोविदेह नगरपालिकाका

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist