इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकाकाे सदरमुकाम चिराैली चाैक स्थित एसईई परीक्षा केन्द्रमा १८८ जना विद्यार्थी सहभागी भएका छन्।
केन्द्राध्यक्ष नीरबहादुर कटुवालका अनुसार नियमित तर्फ १०८ जना महिला र ८० जना पुरुष परीक्षार्थी रहेका छन्।
गाउँपालिकाका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरू एचि्छक प्रथम विषयकाे परीक्षा दिएका छन्। परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय भाेक्राहा नरसिंह वडा नम्बर ७ नरसिंह, जनता माध्यमिक विद्यालय भाेक्राहा नरसिंह वडा नम्बर ३ फुलचाैक, पृथ्वीनारायण माध्यमिक विद्यालय भाेक्राहा नरसिंह ४ चिराैली चाैक, र जामिया स्लामिया विद्यालय भाेक्राहा नरसिंह ४ का विद्यार्थीहरूले परीक्षा दिएका छन्।
गाउँपालिका अध्यक्षद्वारा परीक्षा केन्द्र अनुगमन
भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले परीक्षा केन्द्रको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै मर्यादित रूपमा परीक्षा दिन आग्रह गरे। अध्यक्ष आजादले परीक्षालाई निष्पक्ष र भयरहित बनाउन आवश्यक सम्पूर्ण व्यवस्थाहरू मिलाइएको जानकारी दिए।
परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भईरहेको केन्द्राध्यक्ष कटुवालले जानकारी दिए। परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मी तैनाथ गरिएकाे छ भने परीक्षार्थीहरूलाई सहज वातावरणमा परीक्षा दिन आवश्यक व्यवस्था मिलाइएको छ।
परीक्षा अवधिभर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विद्यालय प्रशासन, गाउँपालिका, सुरक्षा निकाय र परीक्षार्थीका अभिभावकहरूबीच समन्वय गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ।










Discussion about this post