इलाम : चुलाचुली गाउँपालिका-२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक ४० हजार आम्दानी गर्दै आएकी छिन्। कृषि पेशाबाट केही हुँदैन भन्नेका लागि उनी उदाहरण बनेकी छिन्।
भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन्। दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिक कर्म हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने बताइन्।
भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन्। ‘अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन्। आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ’, उनले भनिन्।
गत असोजदेखि उत्पादन शुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ। शुरुमा एउटाको १७० बिक्री हुने लौका ५० मा बिक्री हुने गरेको छ। उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गरेकी छिन्।
भण्डारीले मासिक ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताइन्। ‘लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन’, छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण १५ लाख तिरिसक्न लागेको उनले बताइन्।
लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताइन्। घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि बिक्री गर्छिन्।
दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन्। कृषिमा अर्ग्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post