इनरुवा । सुनसरीको कोशी गा.पा. १ लौकही भन्सार गेटमा सशस्त्र प्रहरी बलका जवानहरूले भारतीय सिमावर्ती बजार बेला बजारबाट नेपाल तर्फ आउँदै गरेका तीन व्यक्तिलाई शंकास्पद अवस्थामा पक्राउ गरेका छन्। बिओपी लाैकहीका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतमको नेतृत्वमा खटिएको टोलीले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी नेपाल प्रहरीसँग समन्वय गरी कारबाही अघि बढाएको हो।
पक्राउ परेका व्यक्तिहरूमा धरानका २६ वर्षीय दिपेश रम्तेल, भाेक्राहा नरसिंह गा.पा. ०५ का २६ वर्षीय रहिस मन्सुरी र ईटहरीका ३२ वर्षीय सनम शेर्पा रहेका छन्। प्रहरीका अनुसार, उनीहरूसँग खैरो हेरोईन जस्तो देखिने लागु औषध बरामद गरिएको छ।
पक्राउ गरिएका व्यक्तिहरूसँग २.३९ ग्राम हेरोईन जस्तो पदार्थ र एक थान घडी, मोबाइल फोन र नगद ५५५/- रुपैयाँ दिपेश रम्तेलसँग बरामद गरिएको छ। रहिस मन्सुरीसँग पनि समान पदार्थहरू बरामद भएका छन्। सनम शेर्पासँग १.५३ ग्राम हेरोईन र मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक गौतमले भने, “ घटना सुरक्षा बलको कडा निगरानी र तत्परताको परिणाम हो। हामी सीमा सुरक्षा बलको निगरानी अझ सशक्त बनाउँदै लागु औषध तस्करी र अन्य अपराध गतिविधिहरू नियन्त्रण गर्ने रणनीति बनाउँदैछौं।”
सीमा क्षेत्रमा लागु औषधको तस्करीको समस्या र सुरक्षा बलको भूमिका पुनः स्पष्ट बनाएको छ। प्रहरीले सुरक्षा उपायहरू थप कडा बनाउने र समुदायमा यसविरुद्ध जागरूकता फैलाउने योजनामा रहेको बताएको छ।










Discussion about this post