इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ स्थित बेलाबाट भन्सा गेट हुँदै नेपाल प्रवेश गर्ने क्रममा सोमबार अपराह्न एक युगल जोडी सशस्त्र प्रहरीले नाटकीय तरिकाले नियन्त्रणमा लिएको छ। नेपाल प्रवेश गर्ने क्रममा शंकास्पद गतिविधि देखिएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीमा ड्युटीमा खटिएका सहायक हवल्दार सुदीप विश्वकर्मा र छुपिन्द्र मगरले उनीहरूलाई जाँच गर्दा चकित पार्ने तथ्य फेला परेको हो।
जाँचको क्रममा धरान उपमहानगरपालिका–५ निवासी आनन्द लिम्बुको छोरा २७ वर्षीय बुस्तन लिम्बुको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ८.७८ ग्राम (८ ग्राम ७ सय ६० मिलिग्राम) बरामद गरिएको हो। उनीसँगै रहेकी २५ वर्षीया संसिता तामाङ, जो धरान–११ निवासी टेकबहादुर तामाङकी छोरी हुन्, पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनास्थलमै खटिएका सशस्त्र प्रहरी निरीक्षक नारायण प्रसाद गौतमको कमाण्डमा सशस्त्र टोलीले ती व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर लागू औषधसहित आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मामा बुझाएको हो।
निरीक्षक गौतमका अनुसार, पछिल्लो समय भारतीय सिमानाबाट लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई समात्ने कार्य तीव्र पारिएको छ।
सीमामा सुरक्षाकर्मीको सतर्कता, तस्करको मनोबल कमजोर यसरी बारम्बार सीमामा सुरक्षाकर्मीको सतर्कताका कारण लागुऔषध तस्करहरूको मनोबल कमजोर पर्न थालेको छ। निरीक्षक गौतम नेतृत्वको टोलीले पछिल्लो केही महिनामा दर्जनौँ लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएर रेकर्ड कायम गर्दै आएको छ।
सीमानाका सुरक्षाकर्मीहरूको सतर्कता र कडाइले अब सीमाबाट लागुऔषध ओसारपसार गर्नु चानचुने कुरा रहने छैन । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीका सशस्त्र प्रहरी निरिक्षक गाैतमले सीमावर्ती क्षेत्रमा कडाइका साथ लागुऔसध प्रयाेगकर्ता र ओसारपसार गर्नेलाई बारम्बार कारवाहीकाे दायराभित्र ल्याउने गरेका छन् ।
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान
इनरुवा । सुनसरी जिल्लामा यस वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ। खेती सुरु हुने समयमा पर्याप्त वर्षा नहुनु र...










Discussion about this post