इनरुवा – सुनसरीको कोशी गाउँपालिका–०८ अन्तर्गत चारकुनेस्थित नेपाल–भारत सीमाक्षेत्रमा वैशाख ४ गते बिहान सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीको आयोजनामा लागुऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सीमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि आयोजना गरिएको कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, पत्रकार र बासिन्दाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (स.प्र.उ.) निर्मल कुमार थापा थिए। साथै भारततर्फबाट सहभागी भएका SSB ४५ बटालियन, बिरपुरका बटालियन 2IC जे.के. शर्मा, सशस्त्र प्रहरी गुल्म हरिपुरका गुल्मपति सप्रनाउ केदार जङ्ग थापा, नेपाल प्रहरी, तथा विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति विशेष रह्यो।
कोशी गाउँपालिकाका वडा नं. ०४ का अध्यक्ष लालदेव सदा, वडा नं. ०५ का अध्यक्ष साह जमाल, वडा नं. ०६ का जुडीलाल कैडिरीया र वडा नं. ०८ का अध्यक्ष बलराम क्षेत्रीको सहभागिताले स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा लागुऔषधको दुष्परिणाम, युवा पुस्तामा पार्ने प्रभाव, तथा सीमा क्षेत्रमा हुने अवैध कारोवारका विषयमा विस्तृत जानकारी दिइएको थियो। उपस्थित स्थानीयवासी र युवाहरूले कार्यक्रमबाट महत्वपूर्ण सन्देश प्राप्त गरेको प्रतिक्रिया दिएका थिए।
गणपति थापाले आफ्नो सम्बोधनमा सीमाक्षेत्रमा सुरक्षाकर्मी मात्र नभई समुदायको सक्रिय भूमिका पनि अत्यावश्यक रहेको औँल्याउँदै समाजमै लागुऔषधविरुद्ध व्यापक चेतनामूलक अभियान चलाउनु पर्नेमा जोड दिए।
सीमावर्ती सुरक्षामा नेपाल–भारतबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता संयुक्त सचेतनामूलक कार्यक्रमहरू उपयोगी हुने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
सशस्त्र प्रहरीको अगुवाइमा सम्पन्न उक्त अभियानले सुरक्षा मात्र नभई सामाजिक रूपान्तरणतर्फको मार्गप्रशस्त गरेको सहभागिहरूको ठम्याइ छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post