सुनसरी – “एक पालिका, एक महिला स्वास्थ्य स्वयंसेवीका” सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंको अध्यक्षता तथा भोकाहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कोशी टप्पुस्थित अकुवा वर्ड रिसोर्टमा सम्पन्न कार्यक्रममा पालिकाभित्र उत्कृष्ट कार्यसम्पादन गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण योगदानलाई उच्च मूल्यांकन गर्दै भने, “महिला स्वास्थ्य स्वयंसेविका प्रणाली नै हाम्रो आधारभूत स्वास्थ्य सेवाको मेरुदण्ड हो। उनीहरूको योगदान बिना ग्रामीण स्वास्थ्य सम्भव छैन। यसरी उनीहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो।”
उनले कार्यक्रममा घोषणा गर्दै थपे, “आउँदो आर्थिक वर्ष २०८२/८३ बाट गाउँपालिकाभित्र क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ।”
कार्यक्रममा पालिकाका वडाध्यक्षहरू, स्वास्थ्य शाखाका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि र स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।










Discussion about this post