• pradeshpoint
  • Pradeshpoint
Friday, May 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

तीन प्रमुख पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ बैशाख १७ गते, १२:११ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
तीन प्रमुख पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
20
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । २००७ सालको क्रान्ति अगाडिदेखि नै विराटनगरले काठमाडौँ (केन्द्रीय नेतृत्व) विरुद्ध धावा बोल्थ्यो । त्यसवेला कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध चालेका कदमको अहिले पनि चर्चा हुन्छ ।
\
त्यसपछि भएका घटनाहरू जस्तैः कांग्रेस विद्रोह, मजदुर आन्दोलन, ३६ सालको जनमतसंग्रह, ४६ सालको जनआन्दोलन, २०६३/०६४ को जनआन्दोलन र मधेस आन्दोलनमा पनि विराटनगर चर्को सुनिएको थियो ।

प्रदेशको नाम कोशी राखेपछि भएको पहिचानको आन्दोलन पनि विराटनगरमा चर्किएकै थियो । एक हिसाबले भन्नुपर्दा विराटनगर सधैँजसो केन्द्र (संस्थापन)विरुद्ध रहयो ।

त्यही विराटनगरमा तीन पार्टी कांग्रेस, एमाले र माओवादीका स्थानीय कमिटीमा पनि विद्रोह भएको छ । एमालेमा गत वैशाख २ गते सम्पन्न निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समूहले प्यानल नै जित निकाल्यो । जसको अध्यक्ष थिए बलराम गिरी (नवीन) ।

त्यसको केही दिनपछि भएको माओवादीको निर्वाचनमा पनि अध्यक्ष प्रचण्ड समूह भनिएकालाई पराजित गर्दै देव राजवंशी (दिनेश)को नेतृत्वको समूह विजयी बन्यो । कांग्रेसमा २०७८ साल असोजमै भएको महानगर कमिटीको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षको विरुद्धको टिमको नेतृत्व गर्दै दीपक चापागाईँ नेतृत्वको टिम विजयी भएको थियो ।

संस्थापन पक्षलाई टक्कर दिन कांग्रेसमा डाक्टर शेखर कोइरालाले नै नेतृत्व गरिरहेका छन् । यस्तै एमालेमा संस्थापनलाई टक्कर दिने गरी नेता विनोद ढकालले नेतृत्व गरे भने माओवादीको संस्थापन पक्षलाई टक्कर दिने गरी अहिले नेता शिवकुमार मण्डलले भूमिका खेलेको देखिन्छ । कांग्रेसमा गुटगत राजनीति भएको कुरा स्वीकार गरिरहेको भएपनि एमाले र माओवादी भने विजयी वा पराजय व्यहोरेको टिमलाई गुट वा समूह भन्न नहुने दाबी गर्छन् । ‘हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेका हौं । यहाँ संस्थापन र इतर पक्ष भन्ने नै छैन,’ एमाले नेता विनोद ढकाल भन्छन् ।

माओवादीका मोरङ इन्चार्ज कुशल लिम्बू पनि यहाँ संस्थापन र अर्को पक्ष नभएको र जसले जितेपनि प्रचण्डकै टिम हुने बताउँछन् । ‘यहाँ कुनै टिम छैन । प्रचण्डको नेतृत्वमा रहेकै टिमले जितेको हो । यो समूह वा त्यो समूह भन्नु जरुरी छैन,’ उनले भने । यद्यपि एमालेको इतर पक्षले जित्दा सो समूहले ठुलो सन्देश दिएको ठान्दै उत्सव नै मनाएको थियो । माओवादीमा पनि अहिले त्यस्तै उत्सव मनाएको सामाजिक सञ्जालका पोस्टहरूमा देखिन्छ । कांग्रेसमा भने अहिले पनि कोइराला गुटलाई नै मोरङमा सशक्त मानिन्छ ।

सुशासन र समृद्धि दिन नसकेको भन्दै केन्द्रमा मुख्यतया: तीन पार्टीका तीन नेताको आलोचना हुने गरेको छ । यद्यपि पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले आफूलाई तीन पार्टीको तीन नेताका विरुद्धमा षड्यन्त्र भएको भन्दै एउटै समूहमा आफूलाई राखेकोमा असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

तर, विराटनगरमा नेपाली कांग्रेस, एमाले र माओवादीको नगर समितिको निर्वाचनमा संस्थापन इतर पक्षले जित्नुलाई कतिपय विश्लेषकहरूले प्रतिरोधी सहरले गरेको व्यवहारको रूपमा पनि लिन्छन् ।

‘अघिदेखि नै संस्थापनको विरुद्धमा सधैँ अग्रपङ्क्तिमा विराटनगर थियो । विराटनगरले सामाजिक, सांस्कृतिक तथा राजनैतिक रूपमा पनि बेलाबेलामा यसरी नै उभ्याउँदै आएको छ । विराटनगरले २००३ सालको ऐतिहासिक मजदुर आन्दोलन, २०६३/६४ को वसन्त क्रान्ति, मधेस विद्रोहसँगै २०८०–८१ को पहिचानवादी आन्दोलनको केन्द्रीय भूगोलको रूपमा विराटनगरले आफूलाई स्थापित गरेको छ,’ विराटनगरका वामपन्थी विश्लेषक दिनेश श्रेष्ठ भन्छन्, ‘अहिले पनि मूल प्रवाहमा भएका दलहरू कांग्रेस, एमाले तथा माओवादीमा झाँगिँदै गएको नेता केन्द्रित एकाधिकारवाद तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र माथि गरिँदै आएको निषेधको विरुद्धमा गरिएको सुविचारित विद्रोहको रूपमा यसपालिको महानगर कमिटीको चुनावलाई लिन सकिन्छ ।’ यस्ता आन्तरिक निर्वाचनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास निर्माण तथा प्रवर्द्धनमा मद्दत पुग्ने उनको दाबी छ ।
प्रतिरोध

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist