• pradeshpoint
  • Pradeshpoint
Sunday, April 26, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंह–४ मा जामिया इस्लामियालाई बस हस्तान्तरण, अध्यक्ष आजाद भन्छन्— ‘शिक्षा विकासका लागि प्रतिबद्ध छौं’

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ बैशाख २३ गते, २०:३१ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंह–४ मा जामिया इस्लामियालाई बस हस्तान्तरण, अध्यक्ष आजाद भन्छन्— ‘शिक्षा विकासका लागि प्रतिबद्ध छौं’
64
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/इनरुवा — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा अवस्थित जामिया इस्लामिया विद्यालयलाई एक नयाँ बस हस्तान्तरण गरिएको छ। मंगलबार एक भव्य समारोहका बीच विद्यालय प्रांगणमै आयोजित कार्यक्रममार्फत विद्यालय प्रशासनलाई औपचारिक रूपमा सो बस प्रदान गरिएको हो। स्थानीय समुदायको सक्रिय सहयोगमा चन्दा संकलन गरी खरिद गरिएको उक्त बस विद्यालयको शैक्षिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक समिम अख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरिएको थियो। सो अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान समेत प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विद्यालयलाई बस हस्तान्तरण हुनु शिक्षा प्रवर्द्धनतर्फ लिएको ऐतिहासिक कदम भएको उल्लेख गर्नुभयो। “हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता लिएका छौं,” अध्यक्ष आजादले भन्नुभयो, “सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको हो।”अध्यक्ष आजादले स्थानीय स्रोत परिचालन गरेर विद्यालयको पूर्वाधार, यातायात सुविधा, शिक्षाको गुणस्तर र अनुशासनमा सुधार ल्याउन सकिने सफल उदाहरण जामिया इस्लामियाले प्रस्तुत गरेको बताउनुभयो। उहाँले विद्यालयलाई भोक्राहा नरसिंह गाउँपालिकाको नमुना शैक्षिक संस्थाको रूपमा विकास भइसकेको स्पष्ट गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी, वडा नं. २ का अध्यक्ष आलम अन्सारी, वडा नं. ३ का अध्यक्ष धिरेन्द्र यादव, वडा नं. ५ का अध्यक्ष हबिब मन्सुरी, वडा नं. ६ का अध्यक्ष सेराजुद्दिन मन्सुरी, वडा नं. ८ का अध्यक्ष उस्मान अन्सारी, कार्यपालिका सदस्य रामेश्वर खत्बे र राधा उराँवसहित शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट शिक्षकका रूपमा चन्दन भगत, रुही फात्मा, रुस्तम अली इस्लाही र मुरारी प्रसाद यादवलाई सम्मान गरिएको थियो। त्यसैगरी अंग्रेजी माध्यम तर्फ माउन्टेशरीदेखि कक्षा ५ सम्ममा कक्षा यूकेजी का छात्र उमर कलिमलाई ९६ प्रतिशत अंक प्राप्त गरेबापत पदक प्रदान गरिएको थियो। नेपाली माध्यम तर्फ कक्षा ६ देखि १२ सम्म सञ्चालन भइरहेकोमा कक्षा ९ का छात्र इरफान अन्सारीले ९३.६३ प्रतिशत अंक प्राप्त गरी सम्मानित भएका थिए। अनुशासित विद्यार्थीका रूपमा अमजद हुसेन मदनीलाई समेत सम्मान प्रदान गरिएको थियो।हाल विद्यालयमा करिब ८५० जना विद्यार्थी अध्ययनरत छन्। जामिया इस्लामिया नेपालमै पहिलोपटक धार्मिक विद्यालय तर्फ कक्षा १२ सम्म सञ्चालनमा ल्याइएको शिक्षालय हो, जहाँ वर्तमानमा कक्षा १२ को परीक्षामा २३ जना छात्रा सहभागी छन्।

विद्यालयका निर्देशक अमजद हुसेन मदनीका अनुसार विद्यार्थीको दैनिक आवागमन तथा शैक्षिक भ्रमणलाई सहज बनाउन बस आवश्यक थियो। “समुदायसँगको सघन समन्वयमार्फत स्रोत संकलन गरी हामीले बस खरिद गरेका हौं,” निर्देशक मदनीले बताउनुभयो, “यसले विद्यार्थीहरूको शैक्षिक यात्रा थप सहज र सुरक्षित हुनेमा हामी विश्वस्त छौं।”

अध्यक्ष आजादले गाउँपालिकाको तर्फबाट भविष्यमा विद्यालयमा आवश्यक अन्य पूर्वाधार, छात्रवृत्ति, तालिम तथा पठनपाठन सामग्रीको व्यवस्थापनमा पनि सहयोग पुर्‍याइने प्रतिबद्धता जनाउनुभयो। “हामी शिक्षा क्षेत्रको समुन्नत विकासलाई प्राथमिकतामा राख्दै आएका छौं,” उहाँले भन्नुभयो, “गाउँपालिकाका नीति, कार्यक्रम र बजेट निर्माणमा शिक्षा सधैं केन्द्रमा रहन्छ।”अध्यक्ष आजादले जामिया इस्लामियालाई धार्मिक मात्र नभई आधुनिक तथा व्यावसायिक शिक्षाको समेत उदाहरणीय केन्द्रका रूपमा चित्रण गर्दै अन्य सामुदायिक विद्यालयहरूलाई पनि यसबाट प्रेरणा लिन आग्रह गर्नुभयो। यस्ता कार्यक्रममा समुदायको सक्रिय सहभागिता शिक्षाको समुन्नत विकासका लागि कति प्रभावकारी हुन सक्छ भन्ने पुष्टि भएको उहाँको भनाइ थियो।

कार्यक्रमले स्थानीयस्तरमा शिक्षा प्रति नागरिक चेतना अभिवृद्धि गर्नुका साथै शिक्षक तथा विद्यार्थीहरूमा थप प्रेरणा जागृत गरेको सहभागीहरूको धारणा रहेको थियो।

Tags: ‘शिक्षा विकासकाअध्यक्ष आजाद भन्छन्जामिया इस्लामियालाईप्रतिबद्ध छौं’बस हस्तान्तरणभोक्राहा नरसिंह -४ मालागि

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist